गण्डकीका थप १७ जनामा कोरोना, संक्रमित ७५ पुगे

गण्डकी प्रदेशमा शनिबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ४ जिल्लाका थप १७ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ।

कास्कीको रुपा गाउँपालिकामा २ र पोखरामा १, स्याङ्जामा १०, बागलुङमा १ र नवलपुरमा ३ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै गण्डकीमा संक्रमितको संख्या ७५ पुगेको छ।

ग्रिनजोनमा रहेको कास्कीबाट काठमाडौं लगिएका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएसँगै पोखरा र आसपासमा त्रास बढेको छ। निर्देशनालयका अनुसार स्याङ्जाको वालिङ नगरपालिकाका ८ पुरुष र हरिनास गाउँपालिकाका २ पुरुष गरी थप १० जनामा कोरोना पुष्टि भएको छ।

पोखरा महानगरपालिकाका ५९ वर्षीय १ पुरुष र रुपा गाउँपालिकाका २३ र ३२ वर्षीय २ पुरुष गरी कास्कीमा ३ जनामा संक्रमण पुष्टि भएको हो।नवलपरासीको विनय त्रिवेणी गाउँपालिकाका ३ जना पुरुषमा पनि कोरोना संक्रमणको पुष्टि भएको निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए।

संक्रमितहरुलाई अहिले सम्बन्धित जिल्लाको अस्पतालमा रहेको आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशक शर्माले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय