स्वास्थ्य सेवा विभागका २७औं महानिर्देशक डा. सिंहको पदबहाली

हेल्थपोस्ट/
प्रकाशित
२०७७ जेठ २३ गते १६:५२

स्वास्थ्य सेवा विभागका नवनियुक्ती महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले शुक्रबार पदबहाली गरेका छन्।

मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाको प्रमुख विशेषज्ञका रूपमा कार्यरत डा. सिंह नयाँ संरचना बन्नुपूर्वको चिकित्सा सेवा महाशाखामा प्रमुखमा कार्यरत थिए।

ललितपुरको लेले प्राथमिक स्वास्थ्य केन्द्रबाट सेवा सुरु गरेका डा. सिंहले ललितपुर संस्थागत क्लिनिक, पोखरामा क्षेत्रीय निर्देशक, महाकाली क्षेत्रीय अस्पतालमा सेवा गरेका थिए।

त्यसैगरी मन्त्रालयको जनस्वास्थ्य प्रशासन, अनुगमन तथा मूल्यांकन महाशाखा, राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र, उपचारात्मक महाशाखामा समेत लामो समय नेतृत्व गरेकाे अनुभव उनीसँग छ।

उनी मन्त्रालय संरचनामा नीति, निर्माण, अनुगमन र स्वास्थ्य प्रणालीका राम्रा जानकारमध्ये गनिन्छन्।

सरकारले फागुनमा मात्रै उनीसहित तीन जनलाई १२औ तहमा बढुवा गरेको थियो।

बढुवापछि महानिर्देशकमा पदस्थापन भएका महेन्द्र श्रेष्ठलाई सरुवा गरेर मन्त्रिपरिषद्ले सिंहलाई महानिर्देशक बनाउन निर्णय गरेको थियो।

पदबहालीसँग अहिले विभागका महाशाखाले कोभिड-१९ को अवस्थालगायतका विषयमा प्रस्तुतीकरणको कार्यक्रम जारी छ।

यसैबीच व्यवस्थापन महाशाखाका नवनियुक्ति निर्देशक डा. रमेश खरेलले पनि शुक्रबारै पदबहाली गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय