एकै दिन २७८ जनामा कोरोना संक्रमण, एकको मृत्यु

नेपालमा विभिन्न जिल्लामा थप २७८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा शुक्रबार प्रवक्ता डा.विकास देवकोटाले थप २७८ जनामा कोरोना संक्रमण देखिएको बताए ।

शुक्रबार थपिएका मध्ये २६७ पुरुष र ११ महिला रहेका छन् । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सो संक्रमण देखिएको हो।

हालसम्म कोरोना संक्रमित संख्या २ हजार ९ सय १२ पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म देशका ६८ जिल्लामा संक्रमण देखिएको छ।

हालसम्म ३३३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । कुल संक्रमित मध्ये २ हजार ७ सय १७ पुरुष र १९५ महिलामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार हालसम्म देशका ६८ जिल्लामा संक्रमण देखिएको छ।

मृत्यु हुनेमा सुर्खेत पञ्चपुरीका २८ वर्षका पुरुष रहेको छन् । मन्त्रालयका अनुसार मृतक ८ जेठमा भारतबाट आएर स्थानीय क्वारेन्टाइनमा रहेका थिए । १४ दिन क्वारेन्टाइनमा बसेर आरडिटि गर्दा नेगेटिभ आएको सँगै उनी घर गएका थिए ।

घर गएको सोही दिन उनको मृत्यु भएको थियो । क्वारेन्टाइनमा बस्दा कोरोनाको कुनै संक्रमणको लक्षण नदेखिएको मन्त्रालयले जनाएको छ । मृत्युभए पश्चात पिसिआर विधिबाट परीक्षण गर्दा कोरोना रिर्पोट पोजेटिभ देखिएको थियो ।

याे सँगै संक्रमण देखिएकामध्ये ११ जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय