कोरोना संक्रमित महिलाले पाटन अस्पतालमा जन्माइन् बच्चा
पाटन अस्पतालमा कोरोना संक्रमित एक महिलाले बच्चा जन्माएकी छन्।
केएमसी अस्पतालमा सिनामंगलमा नियमित स्वास्थ्य परीक्षण गराएकी ती महिलालाई गत मंगलबार कोरोना पुष्टि भएको थियो। कोरोना संक्रमण पुष्टि भएसँगै उनी पाटन अस्पतालमा भर्ना भएकी थिइन्।
परिवारिक स्राेतका अनुसार हाल बच्चा र आमाको स्वास्थ्य अवस्था राम्राे रहेको छ। संक्रमण पुष्टि भएकी ३० वर्षीया महिला चाँगुनारायण नगरपालिका-३ झौखेल निवासी हुन् ।