वीरगञ्ज महानगरद्वारा पिसिआर मेसिन खरिदका लागि टेण्डर आह्वान

वीरगञ्ज महानगरपालिकाले कोरोना परीक्षण (पिसिआर) मेसिन खरिदका लागि टेण्डर आह्वान गरेको छ। कोरोना परीक्षणको दायरा फराकिलो पार्न महागरले मेसिन खरिद गर्न लागेको जनाको छ।

महानगरपालिकाका मेयर विजय सरावगीले वीरगञ्जलाई कोरोना भाइरस संक्रमणबाट सुरक्षित राख्न आफूहरूले सक्रियताका साथ काम गरिरहेको बताए। उनले मेसिनले आफूहरूको उद्देश्यमा टेवा पुर्‍याउने बताए।

वीरगञ्जमा कोरोना संक्रमितहरू बढ्दै गएपछि महानगरले मेसिन खरिद गर्ने निर्णय गरेको हो। भारतबाट ठूलो संख्यामा नेपालीहरू आउने क्रम जारी रहेकाले पनि वीरगञ्जमा कोरोनाको उच्च जोखिम छ।

कोरोनाको संक्रमणबाट सुरक्षित राख्न अधिकतम परीक्षण आवश्यक रहेको र त्यसका लागि पिसिआर मेसिन खरिद गर्ने अभियान नै महानगरले सुरु गरेको थियो। यो अभियानमा निजीक्षेत्र, विभिन्न संघसंस्थान र नागरिक समाजले पनि साथ दिएका थिए। महानगरले पिसिआर मेसिन खरिदका लागि बिहिबार बोलपत्र आह्वान गर्ने निर्णय गरेको हो।

मेसिन खरिदका लागि इच्छुक व्यक्ति वा संस्थाले पाँचदिनभित्र बोलबत्र निवेदन दर्ता गर्नुपर्ने छ। ‘सबैको साथ र सहयोगले मेसिन खरिदका लागि टेण्डर आह्वान गर्ने निर्णय गरेका छौं। अब आफ्नै मेसिन आउने भएपछि पर्साका सबै जनताको यहि पिसिआर मेसिनले कोरोना परीक्षण गरिनेछ’, मेयर मेयर सरावगीले भने।

पिसिआर मेसिन खरिद गर्ने महानगरपालिकाको निर्णयको वीरगञ्जवासीले स्वागत गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय