प्रयोगशालाको गलत जानकारीले प्रदेश सांसद र कर्मचारीमा कोरोना त्रास

अन्तिमपटक फागुनमा बसेको प्रदेश २ को प्रदेशसभा बैठकपछि पछिल्लो बैठक जेठ २१ मा बोलाइयो। त्याे चौथाे अधिवेशनको पहिलो बैठक थियो।

असार १ मा बजेट प्रस्तुत गनुपर्ने संवैधानिक बाध्यता र त्यसअघि सरकारले नीति तथा कार्यक्रम ल्याउनुपर्ने भएकोले कोरोना महामारीबीच प्रदेशसभा बैठक बोलाइएको हो।

मुलुक खास गरेर प्रदेश २ कोरोना संक्रमणले आक्रान्त रहेको बेला प्रदेशसभा बैठक सुरु गर्नुपूर्व सबै सांसद, प्रदेशसभाका कर्मचारी, मर्यादापालक, सुरक्षाकर्मीलगायतका व्यक्तिहरूको कोरोना परीक्षण भयो।

प्रदेश सांसदसहित कर्मचारी तथा सुरक्षाकर्मी गरी तीन सयभन्दा बढीको स्वाब संकलन १६ र १७ जेठमा प्रदेशसभा परिसरमै भयो। जेठ २१ मा बैठक सुरु हुनुअघि प्रदेशसभा सचिवालयका पदाधिकारीले प्रादेशिक प्रयोगशालामा फोन गरेर रिपोर्टबारे जानकारी लियो। प्रयोगशालाले सबैको रिपोर्ट नेगेटिभ रहेकोले बैठक सञ्चालन गर्न समस्या नरहेको जबाफ फर्कायो।

प्रदेशसभा सचिवालयका निमित्त सचिव रन्जित यादवले ‘प्रादेशिक प्रयोगशालाले सबैको रिपोर्ट नेगेटिभ रहेको बताएपछि बैठक सुरु गरिएको’ बताए। प्रयोगशालाको त्रुटिले बुधबार प्रदेशसभा बैठकमा सहभागी भएका सभामुख, मन्त्री, प्रदेश सांसद तथा कर्मचारीहरूमा त्रास फैलिएको उनले बताएका छन्।

प्रादेशिक प्रयोगशालाले यस्तो जवाफ दिएपछि पूर्वनिर्धारित तालिकाअनुसार जेठ २१ मा चौथो अधिवेशनको पहिलो बैठक सुरु भयो। तर, त्यही दिन प्रदेशसभा परिसरमै स्वाब दिएका ट्राफिक प्रहरीका एकजना हवल्दारमा कोरोना पुष्टि भयो।

ट्राफिक प्रहरी हवल्दार प्रदेशसभा बाहिर ड्युटी गर्ने भएकाले संक्रमण पुष्टि भए पनि प्रदेशसभा सचिवालयले खासै गम्भीरतापूर्वक लिएन। र, अर्को बैठक जेठ २२ मा (बिहीबार) ३ बजे निर्धारण गर्‍यो।

तर, बिहीबार करिब साढे १ बजेतिर प्रदेशसभा सचिवालयका एक पदाधिकारीलाई प्रादेशिक प्रयोगशालाबाट फोन गयो। र, फोन गर्ने व्यक्तिले आर्थिक मामिला तथा योजना राज्यमन्त्रीकी स्वकीय सचिवसहित प्रदेशसभाका पाँचजना मर्यादापालकमा संक्रमण पुष्टि भएको खबर गर्‍यो। यस्तो जानकारी आएलगत्तै ३ बजे डाकिएको बैठक अन्तिम समयमा स्थगित गरियो।

कोरोना जाँचबारे प्रयोगशालाले दिएको गलत जानकारीपछि अहिले प्रदेश सांसद तथा प्रदेशसभाका कर्मचारीमा सन्त्रास फैलिएको छ।

प्रदेशसभा सचिवालयका निमित्त सचिव रन्जित यादवले ‘प्रादेशिक प्रयोगशालाले सबैको रिपोर्ट नेगेटिभ रहेको बताएपछि बैठक सुरु गरिएको’ बताए। प्रयोगशालाको त्रुटिले बुधबार प्रदेशसभा बैठकमा सहभागी भएका सभामुख, मन्त्री, प्रदेश सांसद तथा कर्मचारीमा त्रास फैलिएको उनले बताएका छन्।

कोरोना जाँचबारे प्रयोगशालाले दिएको गलत जानकारीपछि अहिले प्रदेश सांसद तथा प्रदेशसभाका कर्मचारीमा सन्त्रास फैलिएको छ।

‘नेगेटिभ भनिएपछि सबैजना मर्यादापालक आ-आफ्नो ड्युटीअनुसार बुधबार बैठकमा खटिएका थिए,’ निमित्त सचिव यादव भन्छन्, ‘तर, बिहीबार तिनै व्यक्तिहरूमा संक्रमण देखिएको जानकारी आएपछि एकखाले सन्त्रास फैलिएको छ।’ संक्रमण देखिएका मर्यादापालकको सम्पर्कमा आएका व्यक्तिहरूको कन्ट्याक्ट ट्रेसिङ र स्वाब संकलन भइरहेको उनले बताए।

‘मर्यादापालकहरू मन्त्री तथा सांसदहरूको सम्पर्कमा खासै हुँदैनन्,’ उनले भने, ‘तर, काम सकिएपछि उनीहरू सबैजना एकै ठाउँमा बस्ने गरेका छन्, त्यसकारण सबैको स्वाब परीक्षण गर्नुपर्ने भएको छ।’

तर, बुधबार सबैको रिपोर्ट आइनसकेको र रिपोर्ट आएकाहरूलाई मात्र बैठकमा सहभागी हुन सुझाव दिएको प्रादेशिक प्रयोगशालाका प्रमुख रामविनय साहले दाबी गरेका छन्।

‘बुधबार रिपोर्ट आएका जतिको मात्र नेगेटिभ रहेको भनेर हामीले खबर गरेका थियौं, बाँकी रिपोर्ट बिहीबार आउँदा पाँचजनामा संक्रमण देखिएको हो,’ प्रयोगशालाका प्रमुख साहले भने।

प्रदेशसभा सचिवालयका निमित्त सचिव यादवले संक्रमण पुष्टि भएका पाँचैजना मर्यादापालकलाई आइसोलेसनमा पठाइएको जानकारी दिए। साथै कन्ट्याक्ट ट्रेसिङका आधारमा संक्रमित मर्यादापालकको सम्पर्कमा आएकालाई छुट्टै वासको व्यस्था मिलाइएको उनले बताए।

कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि प्रविधिको प्रयोग गरेर ‘भर्चुअल’ माध्यमबाट प्रदेशसभा बैठक बसाउने तयारीसमेत भइरहेको निमित्त सचिव यादवले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय