झापामा दुईवटा क्वारेन्टाइनका ५ जनामा कोरोना पुष्टि

झापाका दुई क्वारेन्टाइनमा बसेका थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भद्रपुरको कलवलगुडी प्रशिक्षण केन्द्रका तीन र कचनकवलको पथरिया मावि क्वारेन्टाइनमा बसेका दुई जनामा कोरोना पुष्टि भएको हो।

योसँगै झापामा कोरोना संक्रमितको सङ्ख्या १२५ पुगेको छ। बिराटनगरको कोभिड अस्पतालमा गरिएको परीक्षणमा उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ।

कलवलगुडी प्रशिक्षण केन्द्रको क्वारेन्टाइनबाट पठाइएको ९ जनाको स्वाबमध्ये भद्रपुर नगरपालिका- १ पृथ्वीनगरका ५६ वर्षीय पुरुष र ३ का १९ वर्षीय युवामा कोरोना पुष्टि भएको हो। त्यस्तै कलवलगुडी क्वारेन्टाइनमा बसेका कचनकवल गाउँपालिका-६ का ४५ वर्षीय पुरुषमा कोरोना कोरोना पुष्टि भएको हो।

कचनकवलको पथरिया मावि क्वारेन्टाइनमा बसेकाहरूको दोस्रो पटक स्वाब परीक्षण गर्दा दुई जना संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले बताए। कचनकवल ६ का १७ वर्षीय र ४ का २५ वर्षीय युवामा कोरोना पुष्टि भएको हो।

पथिरयामा माविमा बसेका २३ जनाको स्वाब दोस्रो पटक परीक्षणका लागि पठाइएको थियो। ति मध्ये १९ जनाको रिपोर्ट आएको छ। जसमा दुई जनामा पोजेटिभ र अन्यको रिपोर्ट नेगेटिभ आएको हो। चार जनाको रिपोर्ट आउन बाँकी छ।

कचनकवलमा मात्रै १०२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय