क्वारेन्टाइनमा बसेका सबैको पिसिआर परीक्षण नगरिने

सरकारले क्वारेन्टाइनमा बसेका सबैको कोरोना भाइरस परीक्षण पिसिआर विधिबाट नगर्ने भएको छ।

तथा जनसंख्या मन्त्रालयले बनाएको नयाँ निर्देशिकाअनुसार कोरोना भाइरसको लक्षण देखिएमा उनीहरूको पिसिआर विधिबाट परीक्षण गरिने जनाइएको छ।

मन्त्रालयले देशभर परीक्षणको स्याम्पल थन्किएपछि नयाँ निर्देशिका बनाएको हो।

निर्देशिकाअनुसार आइसोलेसनमा रहेका, प्रभावित क्षेत्रबाट आएका, संक्रमितको सम्पर्कमा रहेका, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाईका कर्मचारी, शल्यक्रिया गर्नुपर्ने बिरामीलाई प्राथमिकतामा राखिएको छ ।

कोरोना भाइरसको जस्तो लक्षण देखिएमा उनीहरूको पनि पिसिआरबाट परीक्षण गरिने छ । क्वारेन्टाइनमा बसेकाका सबैकाे पिसिआर परीक्षण नगरिने भएको हो।

क्वारेन्टाइनमा बसेको १४ दिनपछि उनीहरूलाई आरडिटी विधिबाट परीक्षण गरिने निर्देशिकामा उल्लेख छ।

संक्रमण भए नभएको आरटी पिसिआर माध्यमबाट टेस्ट गरिनेछ भने समुदायमा मास स्क्रिनिङ गर्न र्‍यापिड डाइग्नोस्टिक टेस्ट गरिनेछ।  झन्डै डेढ लाखभन्दा बढी क्वारेन्टाइनमा मानिस रहेका छन् ।

नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा परीक्षण उपकरणको अभाव छ । जसको कारण पिसिआर परीक्षणमा समस्या हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय