प्रसूति गृहकी निर्देशक डा. मिश्रा भन्छिन्-‘यो मेरा लागि नयाँ अवसर हो’

थापाथलीस्थित प्रसूति गृहमा सरुवा भएकी डा. संगीता मिश्राले सरुवा आफ्ने लागि नयाँ अवसर भएकी बताएकी छन्।

स्वास्थ्य मन्त्रालयले बिहीबार कोसी अञ्चल अस्पतालमा कायरत मेडिकल सुपरिटेन्डेन्ट डा। मिश्रालाई प्रसूति गृहमा सरुवा गरेको हो। बिहीबारको मन्त्रीस्तरीय निर्णयबाट उनलाई प्रसूति गृहको निर्देशक नियुक्ति दिइएको हो।

‘सरूवाको पत्र आइसकेको छैन, पत्र बुझेपछि जिम्मेवारी सम्हाल्छु,’ डा. मिश्राले हेल्थपेस्टसँग भनिन्, ‘मेरो लागि यो सरूवा नयाँ अवसर हो।’
उनी चार महिनादेखि कोसी अञ्चल अस्पतालमा थिइन्।

११ औं तहकी डा. मिश्राको नेतृत्वमा अस्पताल साथै विराटनगरमा कोभिड अस्पतालको सफलतापूर्वक कार्यसम्पादन भइरहेको थियो।  मिश्राको ठाउँमा गजेन्द्रनारायण सिंह अस्पताल सप्तरीका मेडिकल सुपरिटेन्डेन्ड डा। चुमनलाल दासको लगिएको छ।

प्रसूति गृहमा कार्यरत् निर्देशक डा. जागेश्वर गौतमको भने स्वास्थ्य मन्त्रालय सरूवा भएको छ।

कोसीमा संगिताले कसरी काम गरिन पढ्नका लागि यो लिंकमा जानुस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय