म्यानमारबाट काठमाडौं आइपुगेका २६ नेपाली बसुन्धराको यती पार्टी प्यालेसमा

हेल्थपाेस्ट नेपाल/काठमाडौं
प्रकाशित
२०७७ जेठ २३ गते ११:५४

म्यानमारबाट २६ जना नेपाली लिएर सेनाका दुवै जहाज काठमाडौं विमानस्थल अवतरण भएका छन्।

सैनिक जनसम्पर्क तथा निर्देशनालयका अनुसार केही बेरअघि म्यानमारको दोस्रो सैन्य जहाज काठमाडौंमा अवतरण भएको हो। यसअघि पहिलो जहाजमा १३ जना आएका थिए।

सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेका अनुसार उनीहरूलाई बसुन्धराको यती पार्टी प्यालेसमा लगिँदैछ। दुवै जहाजको खर्च म्यानमार सरकारले व्यहोरेको छ। फर्किएका नागरिकलाई विमानस्थलबाट सेनाको बसले बसुन्धरासम्म पुर्‍याउने छ।

उक्त पार्टी प्यालेसलाई ‘होल्डिङ एरिया’ तोकिएको छ। त्यहाँ स्वास्थ्य जाँचपछि नेपाली नागरिकलाई घर फर्काइने छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय