१३ नेपाली लिएर म्यानमारको सैन्य जहाज काठमाडौंमा, अर्को आउँदै
म्यानमारबाट १३ जना नेपाली लिएर सेनाको जहाज काठमाडौं विमानस्थलमा अवतरण भएको छ। सैनिक जनसम्पर्क तथा निर्देशनालयका अनुसार केही बेरअघि म्यानमारको सैनिक एयरक्राफ्ट काठमाडौंमा अवतरण भएको हो।
बाँकी १३ जना लिएर अर्को सैनिक एयरक्राफ्ट उड्ने तयारीमा रहेको सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले बताए। उनका अनुसार फ्लाई दुबईको अर्को फ्लाइट नेपाली लिएर हिँड्ने तयारीमा छ। यो उडानमा काठमाडौं आउने नेपालीको संख्या यकिन भइसकेको छैन।
दुबई सरकारले नै खर्च व्यहोरेर नेपाली काठमाडौं ल्याउन लागेको हो। बिहीबार तयारी भएको २१० जना बोकेर आउने फ्लाई दुबईकै एउटा उडान भने रद्द भएको छ। उक्त उडान खर्च कसले व्यहोर्ने विषयमा विवाद भएपछि स्थगित भएको सैनिक सूत्रले बताएको छ।
भोलिदेखि विदेशबाट नेपाली फर्किंदै, यी हुन् काठमाडौंमा तयार भएका ‘होल्डिङ एरिया’