जुम्लाकाे क्वारेन्टाइनमा एकजनाको मृत्यु

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ जेठ २३ गते ११:११

जुम्ला चन्दननाथ नगरपालिका–८ धुपी ढुस्का माध्यामिक विद्यालय तलिउम क्वारेन्टाइनमा बसेका एकजनाको मृत्यु भएको छ।

क्वारेन्टाइनमा रहेका ६५ वर्षीय व्यक्तिको मृत्यु भएको प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले बताएका छन्। उनका अनुसार मृतक व्यक्ति २१ गते जिल्ला बाहिरबाट आएर क्वारेन्टिनमा बसेका थिए।

यस विषयमा थप अनुसन्धान गर्न प्रहरी क्वारेन्टाइनमा पुगिसकेको र कर्णाली प्रतिष्ठानको टोली स्वाब संकलनको लागि उक्त क्वारेन्टाइनमा जाने तयारीमा रहेको प्रहरी नायव उपरीक्षक धामीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय