भारतमा २४ घन्टामा कोरोनाबाट २६० को मृत्यु, करिब ९ हजार संक्रमित

भारतमा कोरोना भाइरसका कारण बितेको २४ घन्टामा २ सय ६० जनाको मृत्यु भएको छ भने ९ हजारभन्दा बढीमा संक्रमण रहेको पुष्टि भएको छ।

योसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार ३ सय ६३ पुगेको छ भने संक्रमितको संख्या २ लाख २६ हजार ७ सय १३ पुगेको छ। बितेको २४ घण्टामा मात्रै भारतमा ९ हजार ३ सय ४ जना नयाँ संक्रमित थपिएका छन्।

यो भारतमा अहिलेसम्म भएको उच्च संक्रमण हो। संक्रमितमध्ये १ लाख ४ हजार ८ सय ५० जना निको भै घर फर्किसकेका छन।

भारतमा १ जुनदेखि लकडाउन केही खुकुलो बनाइएको छ। लकडाउन केही खुकुलो हुनेबित्तिकै भारतमा संक्रमणदर उच्च देखिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

विश्वभर अहिलेसम्म संक्रमणको कारण ३ लाख ९३ हजार १ सय ४२पुगेको छ भने संक्रमितको संख्या ६६ लाख ९८ हजार १सय ७० छ। संक्रमितमध्ये ३२ लाख ४४ हजार ५ सय ७४ जना निको भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय