तनहुँमा थपिए दुई कोरोना संक्रमित, गण्डकीमा ५६ पुगे

तनहुँका २ पुरुषमा कोरोना पुष्टि भएको छ। ऋषिङ गाउँपालिका ठेगाना भएका वर्ष ३९ र ४० का २ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५६ पुगेको छ।

तनहुँका दुवै संक्रमित स्थानीय पालिकाको क्वारेन्टाइनमा रहेको र अस्पताल लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए।

तनहुँमा आज भेटिएका २ सँगै संक्रमितको संख्या ३ पुगेको छ। यसअघि जेठ १८ गते सोही गाउँपालिकाको क्वारेन्टाइनमा बसेका २८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय