‘लोकसेवा’ लाई प्रश्न- सात दिनअघिको रिपोर्टकै भरमा कसरी भाइरस छैन भन्ने?

 

 

 

 

 

 

 

 

 

 

 

 

 

छुँदैमा, नजिक हुँदैमा वा कसैलाई हेर्दैमा कोरोना भाइरस सर्छ र?

आम मानिसको मनोविज्ञान छ– सर्छ।

केही हदसम्म यी प्रक्रियाहरू कोरोना सर्ने कारण बन्नै नसक्ने त होइन। तर, रोगबारे सही जानकारीको अभावमा संक्रमितमाथि भेदभावका घटना कोरोनाभन्दा डरलाग्दो गरी बढ्दै गएको छ।

यतिसम्म कि सरकारी सेवामा काम गर्ने चिकित्सकदेखि सबैखाले जनशक्तिको प्रक्रिया पूरा गरेर जनशक्ति छनोट गर्ने निकायले सामान्य सावधानी नअपनाई निर्णय गर्यो। त्यति निर्णयका कारण लोकसेवा लगायतका विभिन्न निकायका परीक्षणमात्रै होइन, प्रवेश गर्न समेत ‘कोरोना फ्री’ भएको रिपोर्ट खोज्ने घटना बढ्न थालेको छ।

कोरोनाबारे सही जानकारी नहुँदा भ्रम र त्रास कति बढ्दै छ भन्ने सन्दर्भमा पछिल्ला दुई दृष्टान्त हेर्न सकिन्छ।

विभिन्न सेवामा राजपत्रांकित प्रथम श्रेणी, सहसचिव वा सो सरहको प्राविधिक/अप्राविधिक) विभिन्न पदका विज्ञापनको द्वितीय चरणको परीक्षा एवं अन्तर्वार्तामा सहभागिताका लागि पिसिआर परीक्षण रिपोर्ट अनिवार्य गर्यो।

पहिलो घटना कोरोना फैलाउन सक्ने भन्दै डोटीमा स्वास्थ्यकर्मीमाथि भएको कुटपिटको घटना।

डोटीको शिखर नगरपालिका–९ को दानकोट स्वास्थ्यचौकीमा कार्यरत अहेब रमेश कुँवरमाथि तीन जनाको समूहमा रहेका युवाले जेठ १८ गते आक्रमण गरे।

लाटामाडौंमा रहेको स्वास्थ्यचौकीबाट स्वास्थ्य सामग्री बोकेर दानकोट स्वास्थ्यचौकी जाँदै गरेको अवस्थामा उनी हिँड्दा पनि कोरोना फैलिन सक्ने भन्दै आक्रमण भयो।

सुदूर नेपालका युवाले त्रासदी पारेको दुईदिनपछि सिंहदरबार छेउमा रहेको सचेत संवैधानिक आयोगले दुई दिनपछि एउटा सूचना जारी गर्यो।

विभिन्न सेवामा राजपत्रांकित प्रथम श्रेणी, सहसचिव वा सो सरहको प्राविधिक/अप्राविधिक) विभिन्न पदका विज्ञापनको द्वितीय चरणको परीक्षा एवं अन्तर्वार्तामा सहभागिताका लागि पिसिआर परीक्षण रिपोर्ट अनिवार्य गर्यो।

‘यी दुवै उदाहरण सामान्य जनतादेखि सरकारी निकाय हाँक्नेहरूमै कोरोनाबारे पर्याप्त जानकारी र ज्ञानभन्दा पनि त्रास र भ्रम बढी छन् भन्ने उदाहरण हुन्,’ टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन भन्छन्।

डा. पुनले आमसञ्चारका माध्यम परिचालनदेखि अन्य आनीबानी परिवर्तनमा ल्याउने गतिविधि नगरेमा कोरोनासम्बन्धी भ्रम र शंकाले झन् भयावह अवस्था ल्याउनसक्ने बताए। ‘कोरोना सिर्जित शंका र विभेद निको पार्ने औषधी सही सूचना हो,’ डा. पुनले भने।

स्वास्थ्यकर्मीमाथि पिटाइको घटना सही सूचनाको अभावमा सिर्जित विभेदको उपज भएको चिकित्सकहरू बताउँछन्। ‘छोइ हाल्दैमा, नजिक बसिहाल्दैमा त कोरोना सरिहाल्ने होइन भन्ने प्रमाणित भइसकेको छ,’ डा. पुन थप्छन्।

लोकसेवाको सूचनामा उपत्यका बाहिरबाट गएका र बाहिरबाट आउनेले परीक्षाअगावै पिसिआर परीक्षण गराई सोको सक्कलै रिपोर्ट आयोगको केन्द्रीय कार्यालयको अन्तर्वार्ता सिफारिस शाखामा अनिवार्य बुझाउन भन्यो।

फरक प्रकृतिका यी दुई घटनाले कोरोनाप्रतिको त्रास, चेतनाका कारण बढ्दो विभेदको नमूना दिएको छ। डोटीमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण जत्तिकै आलोचना लोकसेवाको यो निर्र्णयलाई लिएर भइरहेको छ।

सामाजिक दूरी कायम गरेरै अन्तर्वार्ता लिन सकिने अवस्थामा पनि ७ दिनभित्र कोरोना परीक्षण गरेको रिपोर्ट मागिनु अवैज्ञानिक भएको चिकित्सकहरू बताउँछन्। ‘सात दिनभित्रको रिपोर्ट हुँदैमा परीक्षामा आएको दिनमा भाइरस थिएन भन्ने कसरी प्रमाणित हुन्छ,’ टेकु अस्पतालकै अर्का चिकित्सकले भने। ‘त्यही परीक्षण गर्न गएकै दिनमा संक्रमण भएको रहेछ भने के गर्ने ?’

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले पनि राज्यको महत्वपूर्ण निकायले सूचना जारी गर्नुअघि विज्ञ मन्त्रालयसँग परामर्श गर्न चुकेको टिप्पणी गरे। ‘सरकारकै गाइडलाइनअनुसार लोकसेवा परीक्षामा सामेल हुनुका लागि हामी जाँच्दैनौं, निजीमा यो परीक्षण हुन्न?,’ डा. पाण्डेले प्रश्न गरे ‘के अब परीक्षा दिनै नपाउने त?’

उनले जिम्मेवार निकायका यस्ता निर्णयले मान्छे मान्छेबीचको कन्फ्लिक्ट बढाइदिने बताए। ‘७ दिनअघि जाँचेको आधारमा अहिले भाइरस छैन कसरी भन्ने?,’ उनले भने।
घरबेटीले पनि रिपोर्ट खोज्ने, पेशाका आधारमा विभेद गर्र्ने कुराको जड पनि जनचेतनाकै कमीले भएको चिकित्सकहरू बताउँछन्।

सामाजिक दूरी कायम गरेरै अन्तर्वार्ता लिन सकिने अवस्थामा पनि ७ दिनभित्र कोरोना परीक्षण गरेको रिपोर्ट मागिनु अवैज्ञानिक भएको चिकित्सकहरू बताउँछन्। ‘सात दिनभित्रको रिपोर्ट हुँदैमा परीक्षामा आएको दिनमा भाइरस थिएन भन्ने कसरी प्रमाणित हुन्छ,’ टेकु अस्पतालकै अर्का चिकित्सकले भने। ‘त्यही परीक्षण गर्न गएकै दिनमा संक्रमण भएको रहेछ भने के गर्ने ?’

वैज्ञानिक अनुसन्धान र विश्व स्वास्थ्य संगठनले जारी गरेको तथ्यका आधारमा कोरोना हुँदा मुख नछोपिकन खोक्दा वा हाच्छिउँ गर्दा, चर्को चर्को बोल्दा सर्न सक्छ। तर, अवस्थामा संक्रमित व्यक्तिले नाक, मुख नछोपेको वा सामाजिक दूरी कायम नभएको हुनुपर्छ। यी अवस्थामा नाक, मुखबाट निस्कने छिटाहरू हात, अनुहारमा पुगेर स्वस्थ व्यक्तिको पनि मुख, नाक, आँखाबाट भित्र जानुपर्छ। नर्मल श्वासप्रश्वासका क्रममा पनि कम्तीमा एक मिटरको दुरीमा मुख वा नाकबाट निस्किने छिटाबाट पनि सर्ने सम्भावना हुन्छ।

सर्ने सम्भावना वा जोखिम बुझेरै विज्ञहरूले सामाजिक दूरी, स्यानिटाइजेसन र मास्कको प्रयोगमा जोड दिएका छन्। त्यही जोखिम कम गर्नका लागि राज्यले लकडाउन लगाए पनि जोखिम भएकै आधारमा यति ठूलो भेदभाव हुनेगरी व्यवहार गरिनु रोगबाट पर्याप्त चेतनाको अभाव भएको विज्ञहरूको भनाइ छ।

खोक्दा र हाच्छिउँ गर्दा भने अलि टाढासम्म पनि भाइरस फैलिन सक्छ। भाइरस सर्ने कुरा संक्रमित व्यक्तिको आनीबानी, गतिविधिसँगै व्यक्ति स्वयंको व्यवहारमा पनि निर्भर हुन्छ। ‘धेरै अवस्थामा व्यक्तिले सचेत भएर आफूलाई भाइरस सर्नबाट जोगाउन सक्छ।’

नजिक हुनासाथ, छुनासाथ वा वरपर पर्नासाथ सरि नै हाल्छ भन्ने कुरा चाहिँ भ्रम हो। डा. पाण्डेले रोगबारे त्रास पाल्नुअघि यसको वैज्ञानिक पक्षबारे पनि ज्ञान राख्नुपर्ने बताए। सामान्यतः भाइरस शरीरमा प्रवेश गरेको ५ देखि १४ दिनभित्र बढी सक्रिया (जीवित) हुने र त्यस्तो अवस्थामा लक्षण पनि छ भने सर्ने सम्भावना बढी हुन्छ।

त्यसले कोही मान्छेलाई कार्यालयमा प्रवेश गर्दाको समयमा तत्काल ज्वरो छ कि छैन भन्ने जाँच्नु स्वाभाविक हुने चिकित्सकहरू बताउँछन्। डा. पाण्डेले पिसिआर नै गर्दा पनि भाइरस १–२ महिनासम्म पोजेटिभ देखिरहन सक्ने भए पनि त्यति नै समयसम्म सार्नसक्ने सम्भावना शून्यप्रायः हुने बताए। ‘भाइरस जीवित अर्थात सक्रिया छ कि मृत (निस्कृय) भइसक्यो भन्न भाइरसलाई आइसोलेट गरेर वृद्धि हेर्न कल्चर गर्र्नुपर्छ,’ उनले भने।

डा. पुनले पनि अधिकांस संक्रमितले भाइरस फैलाउन नसक्ने भन्ने खालका अनुसन्धानहरू भइरहेको सुनाए। ‘केही अनुसन्धानले ३० देखि ४० मान्छेसम्मलाई सारेको पाइएको सन्दर्भमा तिनीहरूलाई विशेष खालका ‘सुपर स्प्रेडर’ समेत नभिएको छ,’ उनी भन्छन्, ‘सबैले सार्न सक्दैनन् भन्ने कुरा त हाम्रो देशमा पनि प्रमाणित भइसकेको छ।’

डा. पुनले नेपालमा कोरोनाबाट पहिलो मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको नजिकै आफन्तमा पनि नदेखिएको दृष्टान्त दिँदै भने, ‘रोग कसरी सर्न सक्छ भन्ने जान्नुपर्छ तर मान्छे–मान्छेबीच नै खाडल बन्ने गरी भेदभाव हटाउनै पर्छ,’ उनले भ्रम र त्रास होइन रोगबारे बुझेर र बचेर सँगै बाँच्ने कला नै अबको आवश्यकता भएको टिप्पणी गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय