आइओएमबाट बिदा भएका दुई चर्चित चिकित्सक

चिकित्साशास्त्र अध्ययान संस्थान (आइएओएम) मा तीन दशकभन्दा लामो समय सेवा गरेका दुई चर्चित चिकित्सक डा. जगदीशप्रसाद अग्रवाल र डा. अरुण सायमीले एकै दिन बिहीबार अवकाश पाएका छन्।

फिजिसियन डा. अग्रवाल निवर्तमान डिन हुन भने मुटुरोग विशेषज्ञ डा. सायमी पनि पूर्व डिन हुन्। एकैदिन परेको जन्ममिति संयोगका आधारमा बिहीबार दुवैले ६३ वर्ष उमेर पूरा गरेसँगै सेवाबाट बाहिरिए।

आइओएममा मेडिसिन विभागबाट सेवा प्रवेश गरेका डा. अग्रवाल ३० वर्षे सेवाअवधिमा बीचको एकवर्षबाहेक कुनै निजी अभ्यास नगर्ने चिकित्सक र चिकित्सा शिक्षामा सुधार प्रयास गर्ने डिनको छवि बनाएर विदा भए।

यद्यपि संस्थाभित्र केही सहकर्मीसँग उनको सौहार्दपूर्ण सम्बन्ध भने रहेन। पद, विवादभन्दा टाढै रहन चाहने स्वभाव भएर पनि डा. अग्रवालले अधिकांश समय संस्थालाई दिने बानीकै कारण महत्त्वपूर्र्ण भूमिका निर्वाह गर्ने अवसर पाएका थिए।

कोरोना महामारीका कारण सामाजिक जमघटका लागि उपयुक्त वातावरण नभएकाले दुवैको सानो समूहमा बिदाइ गरिएको थियो।

‘मनमोहन कार्डियोथोरासिस एन्ड ट्रान्सप्लान्ट सेन्टर बन्ने समयमा म डिन थिएँ, त्यसका लागि स्रोत जुटाउन उहाँकै पहल थियो,’ डा. अधिकारीले भने, ‘अहिले पनि आइओएमका भौतिक उपकरण थप र सेवा विस्तारमा उहाँ सधैं लागिरहनुभयो।’

डा. सायमी आफ्नो राजनीतिक सम्बन्धलाई संस्थाको विकास प्रयोग गरेर आइओएमभित्र प्रशंसित रहे। विशेषगरी उनी मनमोहन अधिकारी, भरतमोहन अधिकारी, माधव नेपालदेखि केपी शर्मा ओलीसम्मका एमालेका नेतासँग निकट रहे। उनीहरूसँगको सम्बन्धलाई उनले संस्थाको हितमा प्रयोग गरे।

राजनीतिक नेतृत्वसँगको निकटताका कारण आइओएममा हुने हरेका नियुक्तिमा उनको चर्चा र प्रभाव रहिरह्यो। २०६४ देखि ०६९ सम्म झन्डै ५ वर्ष आइओएमको डिन रहँदा दुईवटा निजी मेडिकल कलेजलाई सम्बन्धन विवादमा तानिए डा. सायमी। उनकै कार्यकालयमा संस्थानमा एमडी/एमएम परीक्षाको प्रश्नपत्र किनबेच विवादका कारण १९ दिन संस्था बन्द भयो।

त्यही आन्दोलनको जगमा डा. गोविन्द केसीको आन्दोलन शृंखला (अनशन) सुरु भएको चिकित्सकहरु बताउँछन्।

त्यसैगरी डा. सायमी ०३९ साल माघ स्थायी सहप्राध्यापकको रूपमा सेवा प्रवेश गरेका थिए। ०४६ साल भदौमा उपप्राध्यापक र २०५० साल असोजमा सहप्राध्यापक बनेका डा. सायमी ०५६ चैतमै प्राध्यापक बनेका थिए।

राजनीतिसँगै साहित्यिक क्षेत्रमा समेत रुचि राख्ने डा. सायमीले विभिन्न पुस्तकसमेत प्रकाशित गरेका छन्।

आइओएमका पूर्व डिन डा. रमेशकान्त अधिकारीले डा. सायमीले व्यक्तिगत रूपमा बनेको सम्बन्धलाई संस्थाको हितमा लगाएको बताए। ‘मनमोहन कार्डियोथोरासिस एन्ड ट्रान्सप्लान्ट सेन्टर बन्ने समयमा म डिन थिएँ, त्यसका लागि स्रोत जुटाउन उहाँकै पहल थियो,’ डा. अधिकारीले भने, ‘अहिले पनि आइओएमका भौतिक उपकरण थप र सेवा विस्तारमा उहाँ सधैं लागिरहनुभयो।’

०४६ साल पुसमा सेवा करार सहप्राध्यापकको रुपमा त्रिवि सेवामा प्रवेश गरेका डा. अग्रवाल ०४७ फागुन सेवा करार उपप्रध्यापक र ०५० असारमा इन्टरनल मेडिसिन विभागका स्थायी उपप्रध्यापक बनेका थिए। ०५४ कात्तिकमा सहप्राध्यापक बनेका उनी ०५९ चैतमा प्राध्यापक बनेका थिए।

‘पहिलाजस्तो एकै परिवारको आइओएम रहेन, दल, गुटका समूह बन्न थाले, भित्रका संस्था संस्थाबीच पनि कतै न कतै सौहार्द्रता रहेन,’

पूर्व डिन डा. अधिकारीले डा. अग्रवालले दक्ष चिकित्सा शिक्षाविद्का रूपमा कुनै स्वार्थ नराखी कठिन समयमा संस्थालाई नराम्रो हुनबाट जोगाएको स्मरण गराए।

डा. गोविन्द केसीले निरन्तर रूपमा वरिष्ठताकै आधारमा डिन नियुक्तिको माग राखेर विभिन्न समयमा गरेको अनशनको जगमा प्रतिष्ठित संस्थाको नेतृत्व अवसर पाएका डा. अग्रवाल इन्टरनल मेडिसिन, न्युरोजस्ता क्लिनिकल विधासँगै नेपालका थोरै चिकित्सा शिक्षाविद्मा गनिन्छन्।

‘प्राज्ञिक ज्ञानका आधारमा पदमा रहँदा उल्लेखनीय काम गर्न नसके पनि उहाँले संस्था र यो क्षेत्रका लागि गलत काम हुन र गर्न दिनुभएन,’ डा. अग्रवालबारे टिप्पणी गर्दै आइओएमका एक प्राध्यापकले भने।

डा. अग्रवालले एक कार्यकाल मेडिसिन विभागको प्रमुख र झन्डै दुई कार्यकाल त्रिवि मेडिकल एजुकेसन सेन्टरको कार्यकारी निर्देशकसमेत भएर काम गरे।

यद्यपि आइओएमकै इतिहासमा प्राध्यापक र विद्यार्थीबाट समेत सबैभन्दा सहयोग नपाएका डिनमा डा. अग्रवालको नाम अगाडि आउने चिकित्सकहरू बताउँछन्। डा. केसीका अभियानबाट असन्तुष्ट भएका विशेषगरी सत्तासँग निकट चिकित्सक र विद्यार्थीले पटकपटक उनलाई असहयोग गर्न तालाबन्दीदेखि अनेक विरोधका कार्यक्रमसमेत गरेका थिए।

डा. अधिकारीले पनि आइओएममा पहिलाजस्तो पारिवारिक वातावरण अब नरहेको र अग्रवालको कार्यकाल समय नेतृत्वका लागि निकै प्रतिकूल रहेको बताए।

‘पहिलाजस्तो एकै परिवारको आइओएम रहेन, दल, गुटका समूह बन्न थाले, भित्रका संस्था संस्थाबीच पनि कतै न कतै सौहार्द्रता रहेन,’ उनले भने, ‘यस्तो प्रतिकूलतामा अडिएर नराम्रो हुन नदिनु पनि महत्वपूर्ण थियो।’

केही मेडिकल कलेजको इशारामा भाडाका मान्छे प्रयोग गरेर अग्रवालमाथि कालोमोसो दल्ने प्रयाससमेत भएको थियो।

‘धेरै समयदेखि प्रयास भएर पनि आइओएमको आफ्नै बिडिएस कार्यक्रम सुरु गराएँ,’ उनले भने, ‘एमबिबिएस शुल्कलाई व्यवस्थित गर्न आइपरेका थुपै प्रशासनिक, न्यायिक र अन्य चुनौतीलाई पराजित गरें।’

२०७३ मंसिर १८ मा डिन बनेका डा. अग्रवालले तीन वर्षभन्दा लामो कार्यकालमा डा. केसीले उठाएका एजेण्डालाई संस्थागत गर्ने प्रयास गरेका थिए। उनले लामो समयदेखि बेथितिका कारण बनेको मेडिकल विद्यार्थी भर्नालाई व्यवस्थित गरेका थिए। उनले अनलाइनमार्फत् म्यारिटका आधारमा भर्ना हुने प्रणाली सबैभन्दा महत्त्वपूर्ण सुधार भएको चिकित्सकहरू बताउँछन्।

डा. अग्रवालले भने आफूले प्राज्ञिकसँगै केही प्रशासनीक सुधारका काम गरेको बताए। ‘धेरै समयदेखि प्रयास भएर पनि आइओएमको आफ्नै बिडिएस कार्यक्रम सुरु गराएँ,’ उनले भने, ‘एमबिबिएस शुल्कलाई व्यवस्थित गर्न आइपरेका थुपै प्रशासनिक, न्यायिक र अन्य चुनौतीलाई पराजित गरें।’

उनले डिनका रूपमा नर्सिङ क्याम्पसका लागि पोखरामा ३ सय शैय्याको अस्पताल, कीर्तिपुरस्थित बेसिक साइन्स भवनमा आइओएमको केन्द्रीय जनस्वास्थ्य विभाग स्थापनाको प्रबन्ध, पोस्टमार्टम सेवा विस्तारसहित कीर्तिपुर सार्ने प्रवन्ध गराएका थिए।

लामो समयदेखि आइओएममा अभावको रूपमा खड्एिको विद्यार्थी छात्रावासको स्थायी समाधान दिन नसके पनि उनले प्रिफ्याब भवन बनाएर अस्थायी व्यवस्थापन बनाउन पहल र आइओएमको बहुतल भवनको शिलान्यास गराए। प्रशासनिक हिसाबले संस्थाभित्र मौलाएको गैरनैतिक प्रवृत्ति सुधारमा डा. अग्रवालको केही प्रशासनिक र प्राज्ञिक सुधार उल्लेखनीय भएको चिकित्सकहरू बताउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय