राज्यमन्त्रीका सहयोगी र पाँच मर्यादापालकमा कोरोना संक्रमण

प्रदेश २ को एकजना राज्यमन्त्रीको सहयोगीसहित प्रदेशसभाका पाँच मर्यादापालकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनीहरूमा बिहीबार कोरोना संक्रमणको पुष्टि भएको हो।

सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार बिहीबार धनुषाको ६ जनामा संक्रमण पुष्टि भएको छ। राज्यमन्त्रीकी ३० वर्षीया महिला सहयोगीसहित प्रदेशसभाका ५ पुरुष मर्यादापालकमा संक्रमण देखिएको जनाइएको छ।

धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले प्रदेशसभाका पाँच पुरुष मर्यादापालकमा संक्रमण पुष्टि भएको बताएका छन्।  धनुषामा ६ जनाका साथै बिहीबार प्रदेश २ मा १ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । बिहीबार थपिएसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ९ सय ६१ पुगेको छ।

पछिल्लो २४ घण्टामा महोत्तरीमा ३, सर्लाहीमा ३, रौतहटमा ६५, बारामा १२ र पर्सामा १ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।  प्रदेश २ मा अहिलेसम्म सबैभन्दा बढी कोरोना संक्रमितको संख्या रौतहट जिल्लामा देखिएको छ। मन्त्रालयले दिएको जानकारीअनुसार रौतहटमा हालसम्म ३८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यसैगरी सप्तरीमा ६९, सिरहामा ४७, धनुषामा ८८, महोत्तरीमा ४३, सर्लाहीमा १४९, बारामा ६७ र पर्सामा १११ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय