लकडाउन अवधिको ब्याज मिनाहा गर्न शारीरिक सुगठन तथा फिटनेस संघको माग

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ जेठ २२ गते १७:४५

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

नेपाल शारीरिक सुगठन तथा फिटनेस संघले लकडाउनका कारण व्यायामशाला, हेल्थ क्लबलगायत यससँग सम्बन्धित व्यवसाय धराशयी बन्ने अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गरेको छ।

उक्त व्यवसायमा कार्यरत प्रशिक्षक, कर्मचारीहरूको अवस्था गम्भीर बन्दै गएको भन्दै संघले चिन्ता व्यक्त गरेको हो।

संघले आफूहरूको व्यवसाय साना तथा मझौला व्यवसायअन्तर्गत पर्ने भएकाले सरकारसँग लकडाउन अवधिभरको ब्याज मिनाहा गर्न माग गरेको छ। उसले सरकारको बजेटको नीतिअनुसार आफूहरूलाई राहत प्रदान गर्न माग गरेको हो।

यस्तो परिस्थितिमा व्यायामको थप आवश्यकता भएकाले व्यवसाय सञ्चालनमा सहजता प्रदान गर्न सरकारसँग माग गरेको छ। साथै, लकडाउन अवधिको घरबहाल मिनाहा गर्न पनि घरधनीसँग संघको माग छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय