एकै दिन ३३४ जनालाई कोरोना संक्रमण, कुल संक्रमित २६३४

नेपालमा विभिन्न जिल्लामा थप ३३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा बिहिबार प्रवक्ता डा. विकास देवकोटाले थप ३३४ जनामा कोरोना संक्रमण देखिएको बताए ।

बिहिबार थपिएका मध्ये ३१९ पुरुष र १५ महिला रहेका छन् ।  यो सँगै नेपालमा कुल २ हजार ६ सय ३४ पुगेको छ ।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सो संक्रमण देखिएको हो।  हालसम्म २९० जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । कुल संक्रमित मध्ये २ हजार ४ सय ५० पुरुष र १८४ महिलामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार हालसम्म देशका ६४ जिल्लामा संक्रमण देखिएको छ। संक्रमण देखिएकामध्ये १० जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय