संक्रमित स्वास्थ्यकर्मी भन्छन्– व्यायाम गरेँ, आयुर्वेदिक औषधी खाएँ अनि कोरोनालाई जितेँ

धनकुटा अस्पतालमा कार्यरत चार स्वास्थ्यकर्मी कोरोना भाइरसको संक्रमणबाट निको भएर घर फर्किएका छन्।

कोसी कोभिड अस्पतालमा १६ औं दिनसम्म उपचाररत उनीहरूको रिपोर्ट नेगेटिभ आएसँगै बिहीबार डिस्चार्ज भएका हुन्।

भाइरसलाई पराजित गर्न आत्मबल नै बलियो हुनुपर्ने अनुभव स्वास्थ्यकर्मी गणेश बुढाथोकीको छ। भाइरस संक्रमणलाई जित्नका लागि आयुर्वेदिक औषधीले ठूलो भुमिका खेलेको उनको तर्क थियो। अस्पतालबाट डिस्चार्ज भएसँगै हेल्थपोस्ट नेपालसँग कुरा गर्दै उनले भने, ‘हाम्रो वरिपरि पाइने जडिबुटी खाएर नै संक्रमणलाई जित्न सफल भएँ।’

कोरोना भाइरसविरुद्ध लड्नका लागि मेडिकल औषधी वा खोपको विकास भइसकेको छैन। तर, हाम्रो घरवरिपरि रहेका जडिबुटी औषधीले इम्युनिटी पावर र रोगसँग लड्ने क्षमता बढाएको संक्रमण जितेका स्वास्थ्यकर्मीको अनुभव छ।

‘कोरोना पोजेटिभ देखिँदैमा कोही मर्दैन, आत्मबल आत्मविश्वास बलियो भए सजिलैसँग कोरोना जित्न सकिँदोरहेछ,’ बुढाथोकी भन्छन्, ‘धैर्य गरेर सम्हालिन सके सजिलै भाइरसलाई जितिने रहेछ।’

कोरोना भाइरसविरुद्ध लड्नका लागि मेडिकल औषधी वा खोपको विकास भइसकेको छैन। तर, हाम्रो घरवरिपरि रहेका जडिबुटी औषधीले इम्युनिटी पावर र रोगसँग लड्ने क्षमता बढाएको संक्रमण जितेका स्वास्थ्यकर्मीको अनुभव छ।

अस्पतालले दैनिक तातोपानीमा च्यावनप्रास, अश्वगन्धा र गिलोई गरी तीनथरिका आयुर्वेदिक औषधी दिइएको उनले सुनाए।

अस्पताल बसाइमा कुनै पनि मेडिकल औषधी नखाएको र जडिबुटी औषधीले आफूलाई ठिक पारेको बुढाथोकीको विश्वास छ।

आयुर्वेदिक औषधीसँगै बेसार पानी, गुर्जो, कागती पानी, हर्रो, अदुवा जस्ता जडिबुटीजन्य औषधी सेवन गरी संक्रमण जित्न सफल भएको उनको तर्क छ।

कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका उनी आफूलाई सुरुदेखि नै डर नलागेको बताउँछन्। संक्रमित हुँदैमा कसैलाई केही नहुने भन्दै उनी सर्वसाधारण होस् या स्वास्थ्यकर्मी सबैले आत्मबल बढाए महामारी जित्न सकिने दाबी गर्छन्।

अस्पताल बसाइमा कुनै पनि मेडिकल औषधी नखाएको र जडिबुटी औषधीले आफूलाई ठिक पारेको बुढाथोकीको विश्वास छ।आयुर्वेदिक औषधीसँगै बेसार पानी, गुर्जो, कागती पानी, हर्रो, अदुवा जस्ता जडिबुटीजन्य औषधी सेवन गरी संक्रमण जित्न सफल भएको उनको तर्क छ।

कोरोना संक्रमणले केही हुन्छ कि भन्ने डर मनमा राख्नै नहुने उनको भनाइ छ। ‘संक्रमित हुँदै के भइहाल्छ कि भन्ने डर मनमा पैदा गर्न हुँदोरहेनछ,’ उनले भने, ‘तनाव भुलाउनका लागि विभिन्न मनोरन्जन लाग्ने काम गर्नुपर्छ।’

अस्पताल बसाइमा आफूले दैनिक उठेर आधा घण्टा व्यायाम गर्नुका साथै गीतसंगीत सुन्ने, फिल्म हेर्ने गरेको सुनाए। बिहीबार डिस्चार्ज भएसँगै अब उनी १४ दिन होम क्वारेन्टाइनमा बस्नेछन्। त्यसपछि अस्पतालको काममा फर्किएर पहिलाजस्तै बिरामी सेवामा लाग्ने उनले बताए।

जेठ ४ पहिलो पटक धनकुटा अस्पतालको नर्समा कोरोना पोजेटिभ आएको थियो। त्यसपछि अस्पतालको कर्मचारीमा परीक्षण गर्दा तीन स्वास्थ्यकर्मी, दुई सुरक्षाकर्मी र एक कर्मचारीका श्रीमान गरी ७ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो। बिहीबार सबै संक्रमितको रिपोर्ट नेगेटिभ आएसँगै डिस्चार्ज भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय