चार स्वास्थ्यकर्मीले जिते कोरोना

कोसी कोभिड अस्पतालमा उपचाररत चार स्वास्थ्यकर्मी डिस्चार्ज भएका छन् । पछिल्लो रिपाेर्ट नेगेटिभ आएसँगै आफूहरु डिस्चार्ज भएको स्वास्थ्यकर्मी गणेश बुढाथोकीले जानकारी  दिए ।

धनकुटा अस्पतालमा कार्यरत १ नर्सलाई ४ जेठ र एक नर्ससहित २ स्वास्थ्यकर्मीलाई ६ जेठमा संक्रमण देखिएको थियो ।

उनीहरु १६ औँ दिनको अस्पतालको बसाई पछि निको भएर घर फर्किएका हुन् । उनीहरु थप १४ दिन होम क्वारेन्टाइनमा रहने त्यसपश्चात मात्र अस्पतालको काममा फर्किने स्वास्थ्यकर्मीले बताएका छन् ।

नेपालमा २० जना स्वास्थ्यकर्मी संक्रमण देखिसकेको छ । यो सँगै स्वास्थ्यकर्मी निको हुनेको संख्या ९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय