भोलिदेखि विदेशबाट नेपाली फर्किंदै, यी हुन् काठमाडौंमा तयार भएका ‘होल्डिङ एरिया’
सरकारले शुक्रबारदेखि विदेशमा रहेका नेपालीको उद्धार थाल्ने भएको छ। कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)को नेतृत्वमा विदेशमा रहेका नेपालीको उद्धार थालिएको हो।
सिसिएमसीका अनुसार पहिलो चरणमा भोलि युएईबाट २३१ र म्यानमारबाट २६ जना नेपाली ल्याइने छ। सिसिएमसी नेपाली सेनाको नेतृत्वमा छ।
सैनिक जनसम्पर्क तथा निर्देशनालयका अनुसार म्यानमार सरकारले जहाज चार्टर्ड गरी २६ नेपाली काठमाडौं ल्याउँदैछ। यस्तै, युएईबाट पनि त्यहींको सरकारले जहाज चार्टर्ड गरी नेपाली ल्याउँदैछ। दुबईबाट फ्लाई दुबई र म्यानमारबाट सेनाको जहाज आउँदैछ।
‘पहिलो चरणमा म्यानमार र युएईबाट चार्टर्ड जहाज आउने भएका छन्,’ सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले हेल्थपोस्ट नेपालसँग भने।
सिसिएमसीका अनुसार पहिलो चरणमा भोलि युएईबाट २३१ र म्यानमारबाट २६ जना नेपाली ल्याइने छ। सिसिएमसी नेपाली सेनाको नेतृत्वमा छ। सैनिक सूत्रका अनुसार दुबईबाट फ्लाई दुबई र म्यानमारबाट सेनाको जहाज आउँदैछ।
दोस्रो चरणमा कहाँबाट कतिलाई ल्याइने भन्ने टुंगो लागिसकेको छैन।
विदेशमा रहेका नेपाली काठमाडौं झारेपछि सिधै ‘होल्डिङ एरिया’ लगिने छ। यसका लागि काठमाडौं, भक्तपुर र ललितपुरमा सात वटै प्रदेशका लागि नेपाली सेनाले ‘होल्डिङ एरिया’ तयार पारिसकेको छ।
प्रत्येक होल्डिङ एरिया एक हजार जना क्षमताको निर्माण गरिसकिएको पाण्डेले बताए।
उनका अनुसार ३, ४ र ५ नम्बर प्रदेशका लागि काठमाडौंको बसुन्धरास्थित यति पार्टी प्यालेस, कुन्डलिनी र सुकेधाराको स्काई जोन पार्टी प्यालेस तोकिएको छ।
ती प्रदेशका मानिसहरू यी पार्टी प्यालेसमा राखिने छ।
यस्तै, १ र २ नम्बर प्रदेशका लागि भक्तपुरको सूर्यविनायकस्थित इम्पेरियल र ठिमीको हेरिटेज पार्टी प्यालेस होल्डिङ एरिया तोकिएको छ।
यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि ललितपुरको महालक्ष्मीस्थित डिलाइट पार्टी भेन्यू र ग्वार्को खरिबोटको मण्डला पार्टी भेन्यू तोकिएको छ। आवश्यकताअनुसार विदेशबाट ल्याइएका नागरिकलाई राख्न वैकल्पिक रूपमा ललितपुर धोबिघाटको सिद्धार्थ कलेजलाई ‘रिजर्व’ गरिएको सहायक रथी पाण्डेले बताए।
भोलि आउने नेपाली अधिकांश प्रदेश १ र २ का छन्। उनीहरूलाई सुरूमा होल्डिङ एरियामा राखेर स्वास्थ्य जाँच थालिन्छ। ‘आइसोलेसनमा पठाउनुपर्ने भए पठाउने व्यवस्था मिलाइएको छ,’ पाण्डेले भने, ‘सामान्य अवस्था रहेका नेपालीलाई सम्बन्धित प्रदेशमा पठाइने छ।’
यसअघि बसेको मन्त्रिपरिषद बैठकले सात वटै प्रदेशका नागरिक व्यवस्थापनका लागि सात जना नै मन्त्री तोकेको छ।
भोलि आउने नेपाली अधिकांश प्रदेश १ र २ का छन्। उनीहरूलाई सुरूमा होल्डिङ एरियामा राखेर स्वास्थ्य जाँच थालिन्छ। ‘आइसोलेसनमा पठाउनुपर्ने भए पठाउने व्यवस्था मिलाइएको छ,’ पाण्डेले भने, ‘सामान्य अवस्था रहेका नेपालीलाई सम्बन्धित प्रदेशमा पठाइने छ।’
जसअनुसार प्रदेश १ को जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङलाई दिइएको छ। प्रदेश २ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव, ३ को जिम्मेवारी महिला तथा बालबालिका मन्त्री पार्वत गुरूङ, गण्डकी प्रदेशको जिम्मा भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल, ५ नम्बर ऊर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुन, कर्णाली प्रदेश वन तथा वातावरण मन्त्री शक्ति बस्नेत र सुदूरपश्चिम प्रदेशको जिम्मेवारी खानेपानी मन्त्री बिना मगरलाई दिइएको छ।
यी मन्त्रीले सात वटै प्रदेश सरकारसँग सहकार्य गरी सामान्य अवस्थाका नागरिकलाई जिम्मा लगाउँछन्। तर, ती प्रदेशमा भने सेनाले नै गाडीमार्फत् फर्किएका नेपाली लैजान्छ।
विदेशबाट फर्किने नागरिकको सूची बनाउने जिम्मा परराष्ट्र मन्त्रालयलाई दिइएको छ। परराष्ट्रले सम्बन्धित देशका दूतावाससँग समन्वय गरी सूची तयार पारेर सिसिएमसीलाई बुझाएपछि उद्धार गरिने नेपाली नागरिकको टुंगो लाग्छ।
विशेषगरी खाडी राष्ट्रमा नेपाली कामदार उद्धारको प्रतिक्षामा छन्। मलेसिया, साउदी, युएई, कतारलगायत राष्ट्रमा करिब १५ लाख नेपाली कामदार छन्। तीमध्ये कम्तीमा चार लाख उद्धार गर्नुपर्ने निष्कर्षमा सरकार पुगेको छ।
आउन पाइन्छन् कि अब