दैलेखमा एकै दिन थपिए १०५ कोरोना संक्रमित
दैलेखमा मात्रै आज १०५ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पिसिआर परीक्षणमा दैलेखका १०५ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै मुगुका एक जनामा पनि कोरोना पोजेटिभ पाइएको छ। योसँगै कर्णाली प्रदेशमा एकै दिन १ सय ६ जनामा कोरोना पोजेटिभ पाइएको हो।
प्रतिष्ठानका अनुसार मुगको खत्याड गाउँपालिकामा पहिलो पटक १ जनामा कोरोना पोजेटिभ देखिएको छ। दैलेखको नारायण नगरपालिकाका ६४ पुरुष र ५ महिलामा संक्रमण रहेको पुष्टि भएको छ।
यस्तै देवलकाडाँका गाउँपालिकाका १२ पुरुष,सोतका ९ पुरुष, मानटाकुराका ७ पुरुष, साडुका २ पुरुष, भगनीका ५ पुरुष र बास्कोटका १ पुरुष गरी १ सय ५ जनामा भाइरसको संक्रमण रहेको पुष्टि भएको छ।