स्वास्थ्य सेवा विभागको महानिर्देशक परिवर्तन, डा. सिंहलाई जिम्मेवारी

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ जेठ २२ गते १५:१६

सरकारले कोरोना महामारी जारी रहँदा स्वास्थ्य मन्त्रालयपछिको महत्वपूर्ण निकाय स्वास्थ्य सेवा विभागको महानिर्देशक परिवर्तन गरेको छ । महानिर्देशक महेन्द्र श्रेष्ठलाई हटाएर डा. दीपेन्द्ररमण सिंहलाई नयाँ महानिर्देशक बनाएको छ ।स्वास्थ्य उपकरण तथा सामग्री खरिद हेर्ने महाशाखा व्यवस्थापनमा समेत निर्देशक भोगेन्द्र डोटेलको स्थानमा डा. रमेश खरेलको पठाइएको मन्त्रालय स्रोतले बतायो ।

स्वास्थ्य सेवाअन्तर्गत प्रमुख विशेषज्ञ (१२औं तह)का तीनजनामध्ये डा. सिंहलाई महानिर्देशक बनाउने निर्णय मन्त्रिपरिषद्ले गरेको हो । सचिवसरहको पद भएकाले महानिर्देशक नियुक्ति मन्त्रिपरिषद्ले मात्रै गर्न सक्छ ।

मन्त्रालय उच्च स्रोतका अनुसार आजै साढे ४ बजे श्रेष्ठको बिदाइ राखिएको छ । १२औं तह नै नभइकन विभागको महानिर्देशक बनाइएपछि चिकित्सकहरूले महानिर्देशकमा गैरचिकित्सक लगिएको भन्दै विरोध गरेका थिए ।

पछि १२औं तह बनेपछि पनि श्रेष्ठको पदस्थापन विभागमै भएको थियो ।

सरकार नै विवादमा परेको ओम्नी खरिद प्रकरणमा मन्त्रालयसँग आवश्यक समन्वय नगरी एकतर्फी रूपमा सम्झौता रद्द गरेसँगै मन्त्री र उपप्रधानमन्त्री ईश्वर पोखरेलसमेत उनीसँग असन्तुष्ट थिए ।

डा. सिंहले हेल्थपोस्टसँग मुलुक र स्वास्थ्य सेवाकै लागि विषम परिस्थितिमा काम गर्ने चुनौती लिएर जिम्मेवारीमा वहन गर्न लागेको बताए । ‘मन्त्रालयभित्रै रहँदा पनि कोभिड नियन्त्रणकै काममा अपडेट नै छु सबैको सहयोग लिएर काम गर्छु,’ उनले भने ।

सरकार नै विवादमा परेको ओम्नी खरिद प्रकरणमा मन्त्रालयसँग आवश्यक समन्वय नगरी एकतर्फी रूपमा सम्झौता रद्द गरेसँगै मन्त्री र उपप्रधानमन्त्री ईश्वर पोखरेलसमेत उनीसँग असन्तुष्ट थिए ।

महामारीकै बीचमा सरकारले जेठ १४ गते मन्त्रालयको सचिवसमेत परिवर्तन गरेको थियो । लामो समयसम्म मन्त्रालयमा बसेर काम गरेका डा. सिंह यसअघि एचआइभी एड्स नियन्त्रण केन्द्रको निर्देशक भएर काम गरिसकेका व्यक्ति हुन् ।

उनी स्वास्थ्य सेवामा सिधै ११ तहमा प्रवेश गरेका चिकित्सक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय