‘बिरामी हेर्न त मन छ तर, अझै कुटाइ खाने डर छ’ (फोटो फिचर)

नेपाल मेडिकल कलेजका चिकित्सकहरूले एकलौटी तरिकाले सहमति भएको भन्दै आन्दोलन यथावत राख्नेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार भएको सम्झौतामा आन्दोलनरत पक्षलाई समावेश नगरी एकलौटी सहमति भएकोभन्दै आन्दोलनलाई निरन्तरता दिने चिकित्सकहरूको भनाइ छ।

जेठ १४ गते सोही अस्पतालमा उपचारको क्रममा बिरामीको मृत्यु भएपछि आफन्तले उपचारमा संलग्न चिकित्सकमाथि हातपात गरेका थिए।

दोषीलाई कारबाहीको माग गर्दै नवौं दिनदेखि मेडिकल कलेजका चिकित्सक तथा अन्य अस्पतालका रेजिडेन्ड चिकित्सकहरू आन्दोलनमा छन्।

‘बिरामी हेर्न त मन छ तर, अझै कुटाइ खाने डर छ’, ‘म मरे पनि मेराे बिरामी बाँचिरहाेस्’ जस्ता नाराहरु लेखिएकाे प्लेकार्ड बाेकेर उनीहरु प्रदर्शनमा उत्रिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय