भारतका रक्षा सचिवलाई कोरोना संक्रमण

भारतका रक्षा सचिव अजय कुमारलाई कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार मंगलबार अजयकुमारलाई संक्रमण रहेको पुष्टि भएको हो। उनमा भाइरसको संक्रमण भेटिएपछि भारतका रक्षामन्त्री राजनाथ सिहंलगायतका अन्य अधिकारीहरू बुधबार कार्यालय उपस्थित भएका थिएनन्।

सचिवमा भाइरसको संक्रमण देखिउपछि उनको सम्पर्कमा आएकहरूको कन्ट्याकट ट्रेसिङको काम भइरहेको छ। रक्षामन्त्रालय रहेको ब्लकभर डिसइन्फेक्सन औषधी छर्कने काम भइरहेको छ।

अजयकुमार कोरोना भाइरसको संक्रमण पुष्टि भएका भारतका ठूला अहोदाका पहिला कर्मचारी हुन्। अहिले उनी घरमै क्वारेन्टाइनमा बसिरहेका छन्।

अजयकुमारको सम्पर्कमा रक्षामन्त्री, सैन्य प्रमुखहरू र उच्च तहका सरकारी अधिकारी रहेको अनुमान गरिएको छ। सम्पर्कमा आएकाहरूको पहिचानका लागि कन्ट्याकट ट्रेसिङको काम भइरहेको छ।

भारतीय रक्षा मन्त्रालयका प्रवक्ता भारतभुषण बाबुले भने यसबारेमा प्रतिक्रिया दिन अस्वीकार गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय