डोटीमा दुई महिलाले क्वारेन्टाइनमै बच्चा जन्माए

डोटीका दुई क्वारेन्टाइनमा रहेका महिलाले बच्चा जन्माएका छन्। दुबै महिलाले छोराको जन्म दिएका हुन्।

जिल्लाको दिपायल सिलगढी नगरपालिका- २ को देवी माध्यमिक विद्यालय खातिवडाको क्वारेन्टाइनमा रहेकी २१ वर्षीया गीता आउजी र शिखर नगरपालिका- ३ को भवानी आधारभुत विद्यालय खन्याडी छडिमाडौंको क्वारेन्टाइनमा रहेकी २५ वर्षीया पुजा सार्कीले छोरा जन्माएकी हुन्।

गीता आउजीले बुधबार राति १:४४ बजे क्वारेन्टाइनभित्रै छोरा जन्माएको वडा नम्बर २ का वडा अध्यक्ष राजेन्द्र खड्काले जानकारी दिए। उनी सो गरपालिकाको वडा नम्बर २ खुल्लेकका स्थायी बासिन्दा हुन्। कामको शिलशिलामा भारतको राजस्थान बस्दै आएकी गीता आउजी कोरोना महामारीका कारण यहि जेठ १२ गते डोटी फर्केकी थिइन्।

भारतबाट आएका ७४ जनाको टोलीसँगै उनका श्रीमान अमर आउजी पनिसँगै क्वारेन्टाइनमा नै रहदै आएका थिए। उनले सकुशल बच्चालाई जन्म दिएको खातिवडा स्वास्थ्यचौकीका प्रमूख राम बहादुर भण्डारीले बताए।

त्यस्तै शिखर नगरपालिका- ३ नकुरालाका स्थायी बासिन्दा पूजा सार्किले पनि बिहिबार बिहान करिब साढे पाँच बजेतिर क्वारेन्टाइनभित्रै छोरा जन्माएकी हुन्। कामको शिलशिलामा भारतको मुम्बै बान्द्रामा बस्दै आएकी उनी महामारीको जटीलताका कारण यहि जेठ १५ गते डोटी फर्केकी थिइन्। उनका श्रीमान गगन सिं सार्कीसँगै क्वारेन्टाइनमा रहेकी उनले पनि सकुशल रुपमा बच्चालाई जन्म दिएको शिखरनगर पालिकाका स्वास्थ्य संयोजक हरीष शाहले बताए।

दुबै महिलाले स्वास्थ्यकर्मीको सहयोग बिना आफै बच्चाको जन्मदिएका हुन्। अहिले दुबै महिला र बच्चाको अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए।

दुबै महिलालाई आरडिटी परिक्षण पश्चात रिपोटको आधारमा होम क्वारेन्टाइनका लागि घर पठाइने तयारी भइरहे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय