थप १६ जनामा कोरोना पुष्टि भएसँगै गण्डकी प्रदेशमा संक्रमित संख्या ५४ पुग्यो
गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा आज विहानै १६ जनामा संक्रमण पुष्टि भएको हो।
संक्रमित १६ जनामध्ये बागलुङमा १०, स्याङ्जामा १, म्याग्दीमा १ र पर्वतमा ४ जना रहेका छन्। योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ५४ पुगेको छ।