भारतमा २४ घण्टामा कोरोनाबाट २१७ को मृत्यु, करिब ९ हजार संक्रमित
भारतमा कोरोना भाइरसका कारण बितेको २४ घण्टामा २ सय १७ जनाको मृत्यु भएको छ भने ८ हजारबढीमा संक्रमण रहेको पुष्टि भएको छ।
योसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार ८८ पुगेको छ भने संक्रमितको संख्या २ लाख १६ हजार ८ सय २४ पुगेको छ। बितेको २४ घण्टामा मात्रै भारतमा ८ हजार ९ सय ९ जना नयाँ संक्रमित थपिएका छन।
यो भारतमा अहिलेसम्म भएको अहिलेसम्मकै उच्च संक्रमण हो। सन्क्रमितमध्ये १ लाख ४ हजार ७१ जना निको भै घर फर्किसकेका छन्।
भारतमा १ जुनदेखि लकडाउन केही खुकुलो बनाइएको छ। लकडाउन केही खुकुलो हुनेबित्तिकै भारतमा संक्रमणदर उच्च देखिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
विश्वभर अहिलेसम्म संक्रमणको कारण ३ लाख ८७ हजार ९ सय ५७ पुगेको छ भने संक्रमितको संख्या ६५ लाख ६८ हजार २ सय ३९ छ। सन्क्रमितमध्ये ३१ लाख ६९ हजार २ सय ४३ जना निको भएका छन्।