दूतावासले भारतबाट नागरिक ल्याउन सहजीकरण गर्ने

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ जेठ २१ गते १८:१६

भारतस्थित नेपाली दूतावासले भारतबाट फर्किन चाहने नेपालीहरूलाई सुरक्षित यात्रा गराउन सहजिकरण गर्ने भएको छ।

एक विज्ञप्ति जारी गर्दै दूतावसले बाध्यात्मक कारणले स्वदेश फर्किन पर्ने स्थिति भए कोरोना महामारी फेलिन नदिने गरी सुरक्षित रुपमा स्वदेश फर्किन सहजिकरण गर्ने जनाएको हो।

भारतबाट स्थलमार्ग हुँदै फर्कन चाहने नागरिकका लागि २० वटा प्रवेश विन्दु तोकेर दूतावसले सहजिकरण गर्ने जनाएको छ। भारतबाट आउनका लागि पशुपति नगर (इलाम), काकडभिट्टा (झापा), रानी (मोरङ), कुनौली (सप्तरी), ठाडी (सिराह), माडर (सिराह), भिट्टामोड (महोत्तरी), मलंगवा (सर्लाही), गौर (रौतहट), वीरगञ्ज (पर्सा) नाकालाई तोकेको छ।

यस्तै महेशपुर (नवलपरासी पश्चिम), बेलहिया (रुपेन्देही), तौलिहवा (कपिलबस्तु), कृष्णनगर (कपिलबस्तु), जमुनाह (बाँके), सुरजपुर गुलरिया (बर्दिया), गोरिफन्टा (कैलाली), गड्डाचौकी (कञ्चनपुर), झुलाघाट (बैतडी) र दार्चुला (दार्चुला) नाकालाई तोकिएको छ।

आपत्कालिन समस्या परेमा दूतावासले उपलब्ध गराएको फोन नम्बर ८९२९६०१९२५ मा र अन्य जानकारीका लागि ०११२३४७६२००/२३३२७३६१ मा सम्पर्क गर्न सकिने दूतावसले ज नाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय