आइओएम डिन प्रतिस्पर्धामा प्रधानमन्त्रीकी निजी चिकित्सक सिंह अगाडि, वरिष्ठता आधार भत्किने

चिकित्साशास्त्र अध्ययान संस्थान (आइओएम) को बिहीबारदेखि रिक्त हुने डिनका लागि संस्थानभित्रका प्राध्यापक/चिकित्सकबीच तीव्र प्रतिस्पर्धा सुरु भएको छ।वर्तमान डिन डा.जगदीशप्रसाद अग्रवालले उमेर हदका कारण बिहीबार त्रिवि सेवाबाट अवकाश पाएसँगै डिन पद पनि रिक्त हुँदै छ।

डा. गोविन्द केसीको अनशन शृंखला र अभियानपछि आइओएममा प्रध्यापकमध्ये वरिष्ठतम् व्यक्ति डिन हुने पद्धति रहे पनि यो पटक पूर्ण वरिष्ठताको आधार भत्किने देखिएको छ।

डा. केसीको आइओएमबाट अवकाश पाइसकेको र अनशनलगायतका विरोधका कार्यक्रम सञ्चालन गर्न पनि कोरोना महामारीका कारण अनुकूल समय नरहेको आधारमा सत्तारुढ दल नेकपाका निकटका चिकित्सक एवं त्रिवि प्रशासकसमेत वरिष्ठताको आधारलाई निरन्तरता दिने पक्षमा छैनन्।

डिन नियुक्तिको अधिकारप्राप्त निकाय त्रिवि कार्यकारी परिषद्को अध्यक्ष एवं त्रिवि उपकूलपति डा. धर्मकान्त बाँस्कोटा छन्। उनी डा. गोविन्द केसीकै वरिष्ठता आन्दोलनककै कारण तीन दिनमै डिन पद छाड्न बाध्य पारिएका थिए।

बदलिँदो परिस्थितिमा लामो समयदेखि आइओएममा बलियो पकड नरहेका नेकपा निकटका चिकित्सकको आकांक्षा र आइओएमभित्रका अन्य फ्याक्टरले आगामी डिनको नियुक्तिलार्ई मुख्य प्रभाव पार्ने देखिएको चिकित्सकहरू बताउँछन्।

‘उहाँ राम्रो छवि भएको र कार्यक्षमतामा पनि आफूलाई प्रमाणित गरिसकेका चिकित्सक हुनुहुन्छ,’ डा. अधिकारीले भने, ‘वरिष्ठताको मात्रै कुरा गरेर क्षमता भएकाले कहिले संस्था हाँक्न पाउने त?’

वरिष्ठता, कार्यअनुभव आधारमा डिन बन्न सक्नेको सूची बेग्लै बनेपछि पछिल्लो समयमा दुई चिकित्सकको बढी सम्भावना देखिएको छ। विशेषगरी अहिले प्रधानमन्त्रीका निजी फिजिसियन रहेकी मिर्गौला रोग विशेषज्ञ डा. दिव्यासिंह शाह बलियो दावेदार देखिएकी छन्।

तर, नेकपा निकटका चिकित्सक भने राजनीतिक रूपमा नखुलेकी डा. शाहको विरोधमा छन्। उनीहरुले आइओएम डिनका लागि डा. दिनेश काफ्लेलाई सिफारिस गरेका छन्। आइओएमका ६० भन्दा बढी प्राध्यापकमध्ये वरिष्ठता सूचीमा काफ्ले ४५ औं नम्बरमा छन्। त्यसैगरी डा. शाह पनि ३५ औं नम्बरमा छिन्।

नेकपा निकटका चिकित्सकहरूले मंगलबार चाबहिलमा एउटा भेला गरी पार्टी निकटमध्ये डा. काफ्लेलाई डिनमा अघि सार्ने निर्णय गरेका छन्। तीमध्येका एक डा. कृष्ण अधिकारीले पनि आफूहरूको तर्फबाट डा. काफ्लेलाई अगाडि सारिएको बताए। ‘उहाँ राम्रो छवि भएको र कार्यक्षमतामा पनि आफूलाई प्रमाणित गरिसकेका चिकित्सक हुनुहुन्छ,’ डा. अधिकारीले भने, ‘वरिष्ठताको मात्रै कुरा गरेर क्षमता भएकाले कहिले संस्था हाँक्न पाउने त?’

स्रोतका अनुसार उक्त भेलामा त्रिवि उपकुलपति डा. धर्मकान्त बाँस्कोटासमेत पुगेका थिए। तर, बाँस्कोटाले नियुक्तिमा कुलपतिलगायतको धारणाले पनि फरक पार्ने भन्दै डा. दिव्या नियुक्त हुनसक्ने संकेत दिएका थिए। सोलगत्तै नेकपा निकटका चिकित्सकहरूले राजनीतिक भेटघाट बढाएका छन्। उ

नीहरूले डा. दिव्या शाह प्रधानमन्त्रीको फिजिसियनसहित थुपै जिम्मेवारीमा रहेको भन्दै पार्टीभित्र र त्रिविका पदाधिकारीसमेतले असन्तुष्टि जनाएका थिए। तीमध्येका एक डा. प्रेनित पोखरेलले असन्तुष्टि जनाएका छन्। ‘शिक्षण अस्पताल, प्रम कार्यालय, ग्रान्डी विभागीय प्रमुख, चिकित्सा शिक्षा आयोग सदस्य हुनुहुन्छ। यस्तोमा नयाँ जिम्मेवारी दिनेले पनि सोच्नुपर्छ, लिनेले पनि सोच्नुपर्छ,’ डा. पोखरेलले लेखेका छन्।

तर डा. शाहले भने आफू पदको पछाडि दौडिएको नभई संस्थाभित्रका चिकित्सक, सहकर्मीहरूले पनि नेतृत्वका लागि आग्रह गरिरहेकाले पछाडि नहटेको बताइन्।

‘मैले पनि सबै खालका परिस्थिति र जिम्मेवारीमा देशले खोजेको भूमिकामा रहेर काम गरेको छु,’ डा. सिंहले भनिन्, ‘जिम्मेवारी आएको अवस्थामा सम्हालेर देखाउन सक्छु।’

हेल्थपोस्टसँग कुरा गर्दै डा. शाहले संस्थामा अधिकांश वरिष्ठ चिकित्सकहरूको कार्यकाल एक/डेढ वर्षमै सकिने अवस्थामा पूर्ण चार वर्षसम्म संस्थालाई नेतृत्व दिनसक्ने आधारमा आफू वरिष्ठमध्ये नै पर्ने बताइन्। ‘मैले पनि सबै खालका परिस्थिति र जिम्मेवारीमा देशले खोजेको भूमिकामा रहेर काम गरेको छु,’ डा. सिंहले भनिन्, ‘जिम्मेवारी आएको अवस्थामा सम्हालेर देखाउन सक्छु।’

डा. शाह प्रधानमन्त्री निकट भएका कारणले पनि नेकपा निकटका चिकित्सकले समेत उनलाई नै बलियो दाबेदारमा लिएका छन्।
आइओएममा धेरै समयसम्म राजनीतिक भागबन्डामै नियुक्ति हुँदै आएको छ। यसपटक त्रिविमा पूर्ण टिम भएसँगै आइओएमलगायतका सबै संस्थानमा पकड बढाउने नेकपा निकटका प्राध्यापकहरूको पहल छ।

यी दुई प्रतिस्पर्धीबाहेकको तेस्रो उमेदवार खोज्दा आइओएममा वरिष्ठताकै चर्चा हुने गरेको छ। बिहीबार डा. अग्रवालसँगै डा. अरुण सायमीले पनि अवकाश पाउँदैछन्। त्यसको एक महिनापछि निर्देशक डा. प्रेम खड्का र डा. गीता सायमी अवकाश पाउने छन्।

त्यसपछिको वरिष्ठताका आधार हेर्दा अहिले प्रमुख पदमा नभएकामध्ये विहीबारसम्मको सूची हेर्दा छैटांै नम्बरमा रहेका डा. वाइपी सिंह सबैभन्दा अगाडि छन्। डा. सिंहसँगै आइओएमभित्रको आन्तरिक वातावरण डा. भगवान कोइराला र डा. ईश्वर लोहनीका लागि अनुकूल छ।

तीबाहेक वरिष्ठताकै आधारमा डा. सिंह पछाडि वरिष्ठतामा न्युरो विभागका प्रमुख डा. सुशीलकृष्ण सिल्पकार र डा. प्रदीप वैद्य तेस्रो नम्बरमा छन्।
आकांक्षीको सूचीमा भने पूर्व निर्देशक डा. दीपकप्रकाश महरा, डा. रोहितकुमार पोखरेल, डा. उत्तम श्रेष्ठ, डा. बालमुकुन्द रेग्मी, डा. राजेन्द्र गुरागाईँ, डा. रतिन्द्रनाथ श्रेष्ठ पनि छन्।

यो पनि पढ्नुस्

को बन्ला आइओएमको १७औं डिन?  रहला कि भत्केला डा. गोविन्द केसीले बसाएको थिति?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय