झापामा थप एक युवामा कोरोना पुष्टि, संक्रमित संख्या १२० पुग्यो

झापामा बुधबार थप एक जनामा कोरोना पुष्टि भएको छ। कमल गाउँपालिका-१ बस्ने १८ वर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएको हो।

कोभिड अस्पताल धरानमा गरिएको परीक्षणमा ती युवामा कोरोना पुष्टि भएको हो। उनी भारतबाट विराटनगर नाका हुँदै स्वदेश फर्किएका थिए।

सहिद धर्मभक्त माविको क्वारेन्टाइनमा बसेकाको उनकाे स्वाब संकलन गरी धरान पठाइएको थियो। उनको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।

प्रमुख जिल्ला अधिकारी मगरका अनुसार उनलाई उपचारका लागि धरान पठाउने तयारी भइरहेको छ। योसँगै जिल्लामा संक्रमितको संख्याको ११६ पुगेको छ।

झापाको क्वारेन्टाइनमा बसेका ताप्लेजुङ र पाँचथरका चारजनामा संक्रमण देखिएको छ। योसँगै झापामा संक्रमितको संख्या जोड्दा १२० पुगेको छ।

बुधबारसम्ममा झापाका १५ मध्ये ९ स्थानीय तहमा कोरोना भाइरस फैलिसकेको छ। कचनकवल गाउँपालिकामा एक सय जना, बाह्रदशी र गौरीगञ्जमा चार/चारजना, गौरादहमा दुई जना, दमक नगरपालिका, भद्रपुर नगरपालिका, बुद्ध शान्ति गाउँपालिका र झापा गाउँपालिकामा एक-एक जना संक्रमित भेटिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय