धनुषाका एक ट्राफिक प्रहरीसहित प्रदेश २ मा ४४ जनामा कोरोना पुष्टि

प्रदेश २ मा बुधबार ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जनकपुरमा कार्यरत एकजना ट्राफिक हवल्दारसहित ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

प्रदेशसभाको चौथौ अधिवेशन सुरु हुनुपूर्व प्रदेश सांसदसहित मर्यादापालक तथा सुरक्षाकर्मीहरूको स्वाब परीक्षण गर्ने क्रममा उनको पनि स्वाब संकलन भएको थियो।
बुधबार ४४ जना थपिएसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ८५९ पुगेको छ।

सामिाजक विकास मन्त्रालयले जनाएअनुसार बुधबार सप्तरी र धनुषामा एक/एक, महोत्तरीमा ९, सर्लाहीमा १५, रौतहटमा ११ र पर्साको ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बुधबार संक्रमण पुष्टि हुनेमा सर्लाही धनकौल गाउँपालिकास्थित धोबिनिया क्वारेन्टाइनमा रहेकी एकजना ११ वर्षीया बालिकासमेत रहेको मन्त्रालयले जनाएको छ। यसैगरी सोही गाउँपालिकाकै जनता मावि क्वारेन्टाइनमा १८ देखि ४० वर्षीय ४ जना पुरुषमा संक्रमण पुष्टि भएको छ।

सर्लाहीकै ब्रम्हपुरी नगरपालिकाको रामविलास प्रावि क्वारेन्टाइनमा रहेका १७ वर्षीय र धनकौल गाउँपालिकाको प्राथमिक विद्यालय क्वारेन्टाइनमा १६ वर्षीय किशोरमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

बुधबार संक्रमण पुष्टि भएकाहरू मध्ये ट्राफिक हवल्दारबाहेक अन्य सबैजना भारतको विभिन्न स्थानबाट आएका सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले जानकारी दिएका छन्। कोरोना संक्रमण भएका १०५ जना निको भएर घर फर्किसकेको घिमिरेले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय