कोरोना संक्रमणबाट थप १ को मृत्यु, मृतक संख्या ९ पुग्यो
कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार दोलखाका ७६ वर्षीय पुरुषको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
लडेर टाउँकोमा चोट लागेका उनी जेठ १३ गते काठमाडौं मेडिकल तथा शिक्षण अस्पतालमा भर्ना भएका थिए। १५ गते स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि थप उपचारका लागि उनलाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो।
आइसियुमा उपचाररत उनको आज मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या नौ पुगेको छ भने हालसम्म नेपालमा कोरोना संक्रमित २३ सय पुगेका छन्।