बुधबार थप २०१ जनामा कारोना संक्रमण

नेपालमा विभिन्न जिल्लामा थप २०१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा बुधबार प्रवक्ता डा. विकास देवकोटाले थप २०१ जनामा कोरोना संक्रमण देखिएको बताए ।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सो संक्रमण देखिएको हो। हालसम्म २७८ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् ।

बुधबार १८९ जना पुरुष र २२ जना महिलामा संक्रमण पुुष्टि भएको हो । हालसम्म नेपालमा कोरोना संक्रमति २ हजार ३०० पुगेको छ । जसमध्ये २ हजार १३० पुरुष र १७० महिला रहेका छन् ।
मन्त्रालयका अनुसार हालसम्म देशका ६४ जिल्लामा संक्रमण देखिएको छ। संक्रमण देखिएकामध्ये ९ जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय