स्वास्थ्यकर्मीमा कोरोना संक्रमण बढ्दो, थप एक चिकित्सक संक्रमित

सिनामंगल स्थित काठमाडौ मेडिकल कलेजका थप एक चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ ।  आकस्मिक कक्षमा कार्यरत चिकित्सकलाई कोरोना संक्रमण देखिएको मेडिकल कलेजको प्रमुख डा. चन्दा कार्कीले जानकारी दिइन ।

हिजो ( मगंलबार) मात्रै दुई नर्स, एक चिकित्सक, एक बिरामीको संक्रमण देखिएको थियो । केहि हप्ता अघि दोलखाबाट आएका स्टोकका बिरामीको सुरुमा केएमसीमा परीक्षण तथा शल्यक्रिया भएको थियो । इर्मजेन्सीका जाँच पड्तालपछि आइसियुमा सारिएका ती विरामीको कोरोना पोजेटिभ देखिएको थियो ।

उक्त बिरामीबाट नै स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको हुनसक्ने डा. कार्कीको अनुमान रहेको छ । ‘अप्रेशन गर्न डाक्टरलाई नेगेटिभ देखिएको छ । ‘शल्यक्रियामा समलग्न हुने सबै स्वास्थ्यकमीले पीपीई लगाउनु भएको थियो, डा. कार्कीले भनिन्,‘ त्यहि बिरामीबाट सरेको अनुमान हामीले लगाएका छौ ।’

सबै संक्रमितलाई हाल दुवाकोटमा रहेको काठमाडौं मेडिकल कलेजको कोभिड अस्पतालको आइसोलेसन कक्षमा राखिएको छ । मगंलबार र बुधबार गरेर पहिलो सम्पर्क आउने २ सयको हाराहारीमा स्वास्थ्यकर्मीको नमुना संकलन भएको उनले जानकारी दिइन ।

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएसँगै अस्पतालका आकस्मिकलगायत सबै सेवा स्थगित गरिएको छ । यो सँगै नेपालमा २० जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय