कमसल मास्कका भरमा काम गर्दागर्दै संक्रमित बनेका स्वास्थ्यकर्मी

आवश्यकीय स्वास्थ्य सामग्री भएको भए कोरोना संक्रमणले छुँदैन थियो। पिपिई अनि बिना गुणस्तरको मास्क लगाएर क्वारेन्टाइन र सीमानाकामा खटिनुपर्दा त्यहींबाट कोरोना भाइरस स-यो होला।

हजारौंको भिडमा आवश्यक स्वास्थ्य उपकरणबिना खटिनु परेकाले नै कोरोना संक्रमित बनेजस्तो लाग्छ।

यो गुनासो संक्रमित ल्याब असिस्टेन्टको हो। उनी कञ्चनपुरको पुनर्वास नगरपालिका–९ स्थित परासन स्वास्थ्य चौकीमा कार्यरत छन्।

जो कोरोना भाइरसको रोकथाम नियन्त्रण, स्वास्थ्य परीक्षण, क्वारेन्टाइनको व्यवस्थापनमा लागि परिरहेका र ल्याबमा संकलित स्वाबसँग जुधिरहेका थिए।

उनीसँग न त व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) थियो न थर्मल गन। त्यतिमात्र होइन एन–९५ मास्क पनि थिएन। तर उनी सर्वसाधारणको स्वास्थ्यका परीक्षणमा जुटिरहे। जोखिम मोलिरहेकै छन्।

‘महामारीसँग लड्न अग्रपंक्तिमा उभिएका स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्रीको अभाव हुँदा जोखिम बढिरहेछ, स्वास्थ्य सामग्री लगाएर फिल्डमा जान पाएको भए सायद कोरोनाले छुन्नथ्यो,’ उनको बुझाइ छ।

उनीसँग न त व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) थियो न थर्मल गन। त्यतिमात्र होइन एन–९५ मास्क पनि थिएन। तर उनी सर्वसाधारणको स्वास्थ्यका परीक्षणमा जुटिरहे। जोखिम मोलिरहेकै छन्।

‘कोरोना भाइरसको कुनै लक्षण देखिएको छैन। म तन्दुरुस्त र स्वस्थ छु, भाइरसको संक्रमण जसरी नि हुनसक्छ भन्ने कुरा विश्वास भयो,’ उनले सुनाए, ‘स्वास्थ्य अवस्था ठिक भए पनि यो सबै स्वास्थ्य सामग्रीबिना फिल्डमा खटिनुको परिणाम हो।’

स्वास्थ्य सामग्रीको अभावले त्यतिकै फिल्डमा गएका उनलाई एकजनामा पोजेटिभ देखिएपछि आफूलाई सर्छ कि भन्ने शंका त भने लागेको थियो। आखिर भयो पनि त्यही।

‘सर्वसाधारणको सेवा गर्छु भनी स्वास्थ्य क्षेत्रमा लागेका स्वास्थ्यकर्मीका लागि यो कठिन घडी हो, दायित्व तथा जिम्मेवारीबाट भाग्न खोजे एकातिर पाप लाग्छ भने अर्कातिर चुल्हो बल्दैन,’ उनले पीडा पोखे।

दिनभर सर्वसाधारणको सेवामा खटिरहने, आफ्नो स्वास्थ्यको पर्वाह नगरी अरुको स्वास्थ्यका खातिर दिनरात लागिपर्ने, गाउँपालिकामा दौडिरहने उनको अहिलेको दैनिकीे सेती अञ्चल अस्पतालको आइसोलेसन वार्डमा सीमित भएको छ।

उनी कोठाभित्र एक्लो महसुस गरिरहेका छन्।

भारतबाट आउने नागरिकको स्वास्थ्य परीक्षणमा त्रिनगर नाकामा खटिँदा आफूलाई त्यहींबाट कोरोना सरेको उनमा शंका छ।

दिनभर फिल्डमा खटिए पनि उनी साँझ घर जान्थे। घरमा दुई छोरी र श्रीमती छन्। उनीहरूलाई पनि उत्तिकै जोखिम छ। बुधबार स्वास्थ्य टोलीे घरपरिवारको स्वास्थ्य परीक्षणका लागि गएको उनले जानकारी दिएका छन्। उनीहरूको स्वाब संकलन गरिदै छ।

‘आफू पोजेटिभ भएको जानकारी पाएपछि सुरुमा त विश्वास लागेन । त्यो खबर सुन्दा केही डर लाग्यो । मन खिन्न भयो । अब जे भए पनि भइहाल्यो भन्दै आफै मोटरसाइकलमै सेती अस्पताल आएँ,’ उनले सुनाए।

उनलाई आफ्नोभन्दा घरपरिवारको बढी चिन्ता छ। ‘मलाई त कुुनै लक्षण नै देखिएको छैन केही दिनपछि कोरोना जित्छु भन्ने विश्वास छ तर छोरी, श्रीमतीको रिपोर्ट के पो आउँछ भन्ने डर लागिरहेको छ,’ आइसोलेसन वार्डबाट उनले हेल्थपोस्टलाई बताए।

उनी भन्छन्, ‘महामारीसँग लड्न स्वास्थ्य सेवाको अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मीको सुरक्षाका लागि सरकारले ध्यान दिनुपर्छ। कयौं संक्रमण स्वास्थ्य उपकरणकै अभावले भएका छन् यो दुःखको कुरा हो।’

दिनभर फिल्डमा खटिए पनि उनी साँझ घर जान्थे। घरमा दुई छोरी र श्रीमती छन्। उनीहरूलाई पनि उत्तिकै जोखिम छ। बुधबार स्वास्थ्य टोलीे घरपरिवारको स्वास्थ्य परीक्षणका लागि गएको उनले जानकारी दिएका छन्। उनीहरूको स्वाब संकलन गरिदै छ।

बेलाबेला उनी घरपरिवारलाई फोन गरी आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिन्छन् र आफूहरूको ख्याल गर्न भन्छन्।

‘मलाई कोरोनाको कुनै लक्षण देखिएको छैन। म स्वस्थ छु, आत्तिनुपर्दैन भनेर श्रीमतीलाई भन्ने गरेको छु। केही दिनपछि कोरोना जितेर घर तथा पुनः काममा फर्किन्छु भनेर ढाडस दिन्छु,’ उनले सुनाए ।

कोरोनाको संक्रमण हुनसक्ने आशंकामा उनले जेठ १७ गते स्वास्थ्य परीक्षण गराएका थिए। २० गते रिपोर्ट आउँदा पोजेटिभ देखियो ।

जेठ ८ गते उनी भारतबाट आउनेको स्वास्थ्य परीक्षणका लागि त्रिनगर भन्सार नाका गएका थिए। भारतबाट त्यो दिन करिब २ हजार सर्वसाधारण नेपाल भित्रिएका थिए।

त्यो दिन आएकामध्ये वडा ९ का ३३ जनाको स्वास्थ्य परीक्षण गरेका थिए उनले। परीक्षण गरिएकामध्ये १ जनामा कोरोना संक्रमण देखिएपछि सेती प्रादेशकि अस्पताल पठाइएको थियो।

अरु बाँकी ३२ जनालाई नगरपालिकाको गौरीशंकर र बागेश्वरी स्कुलमा राखिएको थियो।

सुरुमा देखिएका एक जनाको आरडिटी गरेको भए पनि क्वारेन्टाइनमा रहेकाको पिसिआर विधिमार्फत स्वास्थ्य परीक्षण गरिएको थियो । त्यसमा उनी आफैंले स्वाब संकलनमा गरेका थिए । क्वारेन्टाइनमा रहेका ३२ जनाको पिसिआर गर्दा चार जनामा भाइरस पोजेटिभ देखियो। उनले त्यही बेला आफूले पनि स्वास्थ्य परीक्षण गराउनुपर्ने सोचिसकेका थिए।

‘बिना कुनै स्वास्थ्य सामग्री सीमानामा खटिँदा नै कोरोना स¥यो कि भन्ने लागेको थियो, सही रहेछ, स्वास्थ्य उपकरण भएको भए कोरोनाले छँुदैनथ्यो,’ उनको थकथकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय