काठमाडौं मेडिकल कलेजका सम्पूर्ण सेवा बन्द
सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका सम्पूर्ण सेवा बन्द गरिएको छ। अस्पतालमा उपचाररत दुई विरामी र दुई जना चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएसँगै अस्पतालका आकस्मिकलगायत सबै सेवा स्थगित गरिएको अस्पताल प्रशासनले जनाएको छ।
सबै विभागमा निर्मलिकरण गर्नुपर्ने भएकाले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि सबै सेवा बन्द गरिएको अस्पतालले जनाएको छ। एक विज्ञप्ति जारी गर्दै अस्पतालले सेवाग्राहीमा परेको असुविधाप्रति क्षेमायाचना गरेको छ।