पाकिस्तानमा कोरोना संक्रमणबाट एक मन्त्रीको मृत्यु

कोरोना भाइरस संक्रमणबाट पाकिस्तानमा एक जना मन्त्रीको मृत्यु भएको छ।

पाकिस्तानको सिन्ध प्रान्तका मानव संशाधन मन्त्री गुलाम मुर्तुजा बलोचको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। ५६ वर्षीय मुर्तुजाको मंगलबार मृत्यु भएको हो।

मुर्तुजालाई कोरोना संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा राखिएको थियो। मुर्तुजाको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएपछि मे १४ मा उनलाई अस्पताल भर्ना गरिएको थियो। तर, मंगलबार उनको निधन भयो।

मुर्तुजा बलोच पाकिस्तानको पिपुल्स पार्टी (पिपिपी) का कराँची अध्यक्षसमेत थिए। उनी सन् २०१६ मा विधानसभा सदस्य चुनिएका थिए।

पिपिपीका अध्यक्ष बिलावल भुट्टो र सिन्ध प्रान्तका मुख्यमन्त्री मुराद अली शाहले मुर्तुजाको निधनप्रति गहिरो शोक व्यक्त जारी गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय