फ्रन्टलाइनर नर्सलाई संक्रमण रोकथामसम्बन्धी भर्चुअल तालिम

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ जेठ २१ गते १२:३४

नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले भरचुअल माध्यमबाट नर्सहरूलाई तालिम दिएको छ।

कोरोनाको उपचारमा अग्रपंतिमा खटिएर काम गरिरहेका नर्सिङ र अन्य जनशक्तिलाई कोरोना व्यवस्थापनमा आवश्यक संक्रमण रोकथाम तथा क्रिटिकल केयर बारे शैद्धान्तिक ज्ञान र सिप विकास गर्न तालिमको व्यवस्था गरिएको महाशाखाले जनाएको छ।

महाशाखाकी अस्पताल नर्सिङ प्रशासक बाला राईका अनुसार वार्षिक कार्यक्रम तालिका अनुसार नर्सहरूलाई कोरोना बारे भर्चुअल माध्यमबाट तालिम दिइएको हो।

‘प्रत्यक्ष रुपमा सञ्चालन गर्दा कोरोनाको जोखिम रहेकाले भिडियोमार्फत तालिम दिइएको हो’, उनले भनिन्, ‘तालिमको अवधि दुई हप्ता राखिएको छ। जस अन्तर्गत एक हप्ता अनलाइनबाट सहभागिहरूले स्वम् अध्ययन गर्ने र अर्को एक हप्ता भर्चुअल तालिम लिनु पर्ने छ।’ उनले दुई चरणमा तालिम सञ्चालन गरिएको जानकारी दिइन्।

पहिलो चरणको तालिम ७ गतेबाट सुरु गरेर २१ गते सकिएको राइले बताइन्। उनले दोस्रो चरणको तालिम २५  बाट सञ्चालन गरिने जानकारी दिइन्। पहिलो चरणको तालिममा ५० जना नर्सलाई समेटिएको थियो।

‘पहिलो चरणमा मेची अस्पताल, कोशी अस्पताल, नारायणी अस्पताल, गजेन्द्र नारायण अस्पताल, भरतपुर अस्पताल, पोखरा एकाडेमी अफ हेल्थ साइन्स, लुम्बिनी अस्पताल, सुर्खेत प्रादेशिक अस्पताल, भेरि अस्पताल, नेपालगन्ज मेडिकल कलेज र सेती प्रादेशिक अस्पतालका नर्सहरूलाई समेटेका थियौं’, उनले  भनिन्, ‘दोस्रो चरणमा काठमाडौं उपत्यका बाहिर र भित्रका सरकारि तथा गैरसरकारि अस्पतालका नर्सहरूलाई छनोट गरिने छ।

स्वास्थ्य तथा जनसंख्या मत्रालय र स्वास्थ्य सेवा विभागको सहकार्यमा तालिम आयोजना गरिएको हो। यस तालिममा  कोरोनाको व्यवश्थापन सम्बन्धि तयार भएका राष्ट्रिय दस्तावेज बारे नर्सहरूलाई जानकारी गराइएको थियो।

‘नर्सहरूलाई पिपिई लगाउने र फुकाल्ने तरिका, कोरोना संक्रमितको उपचारमा प्रयोग भएका सामग्री र उपकरणको निर्मलिकरण विधि, भण्डारण बारे जानकारि, क्रिटिकल विरामिहरुलाई दिइने नर्सिंङ सेवा र प्रोसिड्युर बारे जानकारि गराएका छौं’, उनले भनिन्। क्रिटिकल केयरसँग सम्बन्धित बिषयमा पनि शैधान्तिक र व्यवहारिक ज्ञान पनि दिइएको उनले जनाइन्। उनका अनुसार भेन्टिलेटरको मोड, सेटिङ र सञ्चालन विधि डेमोन्सट्रेसन गरी को सिप विकास गर्ने, कोरोना सक्रमणका कारण भएको तनावलाई व्यवश्थापन गर्न सिकाउनेलगायतका विधि सिकाइएको थियो। र, आगामी दिनमा पनि यस्तै विषयमा प्रशिक्षण दिइने उनले बताइन्।

तालिममा सहभागी भएकाहरूले थुप्रै जानकारी प्राप्त भएकाले तालिम प्रभावकारी भएको जनाएका छन्। तालिम सञ्चालन हुँदा महाशाखाको फेसबुकबाट लाइभ गरिने भएकाले उक्त तालिम सुनेर थुप्रैले लाभ लिएको राईको भनाई छ। बजेटले भ्यायो भने अन्य तालिम पनि सञ्चालन गरिने राइले बताइन्।

One thought on “फ्रन्टलाइनर नर्सलाई संक्रमण रोकथामसम्बन्धी भर्चुअल तालिम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय