कोरोना फैलिने भन्दै स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कडा कारबाही होस् : स्वास्थ्यकर्मी संघ

नेपाल स्वास्थ्यकर्मी संघ डोटीले स्वाथ्यकर्मीमाथी कुटपिट गर्नेलाई कडा कारबाही गर्न माग गरेको छ। मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्न माग गरिएको छ।

संघका अध्यक्ष अर्जुन बलायरले जारी गरेको विज्ञप्तीमा स्वास्थ्यकर्मीहरू भाइरस नियन्त्रण र रोकथामका लागि आफ्नो र परिवारको स्वास्थ्य जोखिममा राखेर सिमित स्रोतसाधनका बावजुत अग्रमोर्चामा खटिरहेको अवस्थामा सांघातिक आक्रमण हुनु दुखद् रहेको बताइएको छ।

कर्तव्यनिष्ठ भएर सेवामा तल्लिन स्वास्थ्यकर्मी रमेश कुँवरमाथी भएको सांघातिक आक्रमण समग्र स्वास्थ्यकर्मी तथा स्वास्थ्य सेवामाथिको हमलाका भएको विज्ञप्तिमा उल्लेख छ।

‘यसले सबै स्वाथ्यकर्मीहरू असुरक्षित रहेको आभाष भएको छ। यस्ता प्रवृतिका घटनाले स्वास्थ्यकर्मी निकै असुरक्षित रहेको प्रस्ट भएको छ। तसर्थ तत्कालै सबै स्वास्थ्यकर्मीको सुरक्षाको ग्यारेन्टि गर्न राज्यसँग माग गर्दछौं’, विज्ञप्तिमा भनिएको छ।

स्वास्थ्यकर्मी संघले घटनाका दोषिहरूलाई यथासक्य कडाभन्दा कडा कारवाही गरी पीडितलाई न्याय दिलाउन माग गरेको छ। कहि कतैबाट अपराधिलाई संरक्षण भए कडा आन्दोलन गर्ने संघको चेतावनी छ।

स्वास्थ्यकर्मी कुटिने घटना भएको डोटी शिखरका मेयर भन्छन्- ‘दोषी उम्किन पाउँदैन’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय