किन कमजोर बन्दैछ ‘कन्ट्याक्ट ट्रेसिङ’?

सरकारले कोरोना भाइरस (कोभिड–१९) का लागि वैशाख ३० मा केस अनुसन्धान तथा कन्ट्याक्ट खोज पड्ताल टिम परिचालन अन्तरिम निर्देशिका, २०७७ जारी गर्यो। तर, निर्देशिका जारी भएको तीन साता बितिसक्दा पनि महानगरपालिका तथा नगरपालिकाहरूले ‘कन्ट्याक्ट ट्रेसिङ’ टिम गठन गर्न सकेका छैनन्।

निर्देशिकाअनुसार प्रत्येक गाउँपालिका १ वटा, नगरपालिकामा २ वटा, उपमहानगरपालिकामा ३ वटा र महानगरपालिकामा ५ वटा ट्रेसिङ टिम बन्नुपर्छ।

निर्देशिकाले तोकेबमोजिम जनशक्ति नभएका कारण टिम गठनले पूर्णता नभएको काठमाडौं महानगरका वरिष्ठ कविराज निरीक्षक ज्ञानबहादुर वलीले बताए।

सरकारले प्रत्येक टिममा एक–एक जनस्वास्थ्य अधिकृत, पारामेडिक्स तथा प्रयोगशाला प्राविधिक वा प्रयोगशाला सहायक गरी तीन सदस्य रहने प्रावधान तोकेको छ। तर, महानपालिकासँग जनस्वास्थ्य अधिकृतको जनशक्ति शून्य अवस्थामा छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले भएका जनशक्तिबाट काम चलाउन निर्देशन दिएपछि त्यसैबाट काम गरिरहेको वलीले जानकारी गराए।

सरकारले प्रत्येक टिममा एक–एक जनस्वास्थ्य अधिकृत, पारामेडिक्स तथा प्रयोगशाला प्राविधिक वा प्रयोगशाला सहायक गरी तीन सदस्य रहने प्रावधान तोकेको छ। तर, महानपालिकासँग जनस्वास्थ्य अधिकृतको जनशक्ति शून्य अवस्थामा छ।

‘कन्ट्याक्ट ट्रेसिङ’ को टिम गठनमा अलमलमा परेको थियौं। इडिसिडीबाट निर्देशन पाएपछि हामीले एचएबाट स्तरवृद्धि भएको जनशक्तिलाई टिमको प्रमुख राखेर काम चलाइरहेका छौं,’ वलीले बाध्यता सुनाए, ‘दक्ष जनशक्ति नहुँदा काम सहज भएको छैन।’

महानगरले ‘कन्ट्याक्ट ट्रेसिङ’ का लागि छुट्टै आन्तरिक निर्देशिका बनाए पनि पास हुन बाँकी रहेको उनले बताए।

वलीका अनुसार महानगरले १० टिम निर्माण गरेको छ। तर, जनशक्ति नै नभएको टिमबाट के काम होला? भन्ने प्रश्न उब्जिएको छ।

‘प्रत्येक टिममा प्रयोगशाला प्राविधिक वा प्रयोगशाला सहायक हुनुपर्ने प्रावधान छ। तर, हामीसँग दुई जना ल्याबको जनशक्तिमात्र छ,’ उनले भने।

‘महानगरले बनाएको निर्देशिका ड्राफ भएको छ। पास भएपछि थप जनशक्ति माग गर्छौं,’ वली भन्छन्, ‘अहिलेको प्रमुख चुनौती हाम्रो जनशक्तिको अभाव हो।’

त्यस्तै, ललितपुर महानगरपालिकाको हालत पनि उस्तै छ। महानगरबाट ५ टिम गठन भए पनि काममा भने परिचालन भई नसकेको ललितपुरका जनस्वास्थ्य प्रमुख खगेश्वर गेलालले बताए। ‘निर्देशिकाले प्रत्येक टिममा एक जनस्वास्थ्य अधिकृत राख्नुपर्ने प्रावधान छ,’ उनले भने, ‘तर हामीसँग हाल दुईमात्र जनशक्ति छ।’

उनका अनुसार जनशक्ति व्यवस्थापन हुन नसक्दा पनि काममा परिचालन हुन सकेको छैन। ल्याबको जनशक्ति नभएका कारण टिम परिपूर्ति गर्नेका लागि प्रक्रियामा गएको गेलालले बताए।

यो परिदृश्यले के इंगित गर्छ भने राजधानीमै पनि कन्ट्याक्ट ट्रेसिङको काम हुन सकेको छैन। महाशाखा स्थानीय तहको जिम्मेवारी रहेको बताउँछ भने स्थानीय निकाय भने जनशक्ति अभाव रहेको कारण काममा परिचालन गर्न नसकेको प्रस्टीकरण दिन्छ।

निर्देशिका जारी भएको तीन सातासम्म पनि टिम गठन हुन नसक्नु दुर्भाग्यपूर्ण रहेको विज्ञहरू बताउँछन्।

सरकारले निर्देशिका जारी गरेसँगै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले समन्वयको मात्र काम गर्दै आएको महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले बताए।

‘हामीलाई स्थानीय तहमा बनेको टिमका लागि तालिम दिन निर्देशन भएको छ। हामीले जनशक्तिलाई तालिम पनि दिँदै आएका छौं,’ डा. पाण्डेले भने, ‘कन्ट्याक्ट ट्रेसिङको काम स्थानीय तहबाट मात्र हुन्छ, हामीले आवश्यक परेमात्र समवन्य गर्छौं।’

यो परिदृश्यले के इंगित गर्छ भने राजधानीमै पनि कन्ट्याक्ट ट्रेसिङको काम हुन सकेको छैन। महाशाखा स्थानीय तहको जिम्मेवारी रहेको बताउँछ भने स्थानीय निकाय भने जनशक्ति अभाव रहेको कारण काममा परिचालन गर्न नसकेको प्रस्टीकरण दिन्छ।

मंगलबारसम्म काठमाडौंमा १८ र ललितपुरमा २ जना कोरोना संक्रमित पुष्टि भएको छ। काठमाडौं उपत्यकामा त कन्ट्याक्ट ट्रेसिङ हुन सकेको छैन भने संक्रमण धेरै भएको ठाउँमा संक्रमणको संख्या अकल्पनीय रूपमा बढिरहेको विज्ञ बताउँछन्।

नेपालमा कन्ट्याक्ट ट्रेसिङ समयमै नभएका कारण संक्रमित संख्या बढिरहेको मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिल बताउँछन्।

उनका अनुसार कुनै पनि व्यक्तिको कोरोना परीक्षण रिपोर्टमा पोजेटिभ देखिएको छ भने रिपोर्ट आएको २४ देखि ४८ घण्टाभित्र संक्रमितको सम्पर्कमा रहेको पहिचान गरी क्वारेन्टाइनमा राख्नुपर्ने व्यवस्था मिलाउनुपर्ने हुन्छ।

कन्ट्याक्ट ट्रेसिङ समयमा नै हुन नसक्दा संक्रमित व्यक्तिको सम्पर्कमा आएका मानिसले संक्रमण फैलाइरहेको डा. अनिल बताउँछन्। ‘कन्ट्याक्ट ट्रेसिङ रफ्तारमा नभएका कारण एकअर्को व्यक्तिमा संक्रमण हुने जुन गति छ, त्यसलाई घटाउन सकेनौं,’ डा. अनिलले भने, ‘जसका कारण समुदाय स्तरसम्म संक्रमण देखिइसकेको छ।’

बाहिरी देशको तथ्यांक हेर्दा एक कोरोना संक्रमित व्यक्तिले समग्रमा सरदरमा ३ व्यक्तिलाई सरेको पाइएको छ। तर, नेपालमा कन्ट्याक्ट ट्रेसिङ नहुँदा एक व्यक्तिले कतिलाई संक्रमण फैलाएको कुनै पत्ता लगाउनसमेत सकिएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय