वीरगन्ज महानगरपालिकाको कोरोना कोषमा पटेर्वासुगौली गाउँपालिकाको २५ लाख सहयोग

आरोहण शाह/वीरगञ्ज
प्रकाशित
२०७७ जेठ २० गते १९:३७

वीरगन्ज महानगरपालिकाको कोरोनाविरुद्धको प्रकोप व्यवस्थापन कोषमा पटेर्वासुगौली गाउँपालिकाले २५ लाख उपलब्ध गराएको छ।

पटेर्वासुगौली गाउँ पालिकाका अध्यक्ष हरिवावु चौधरीले कोरोनाविरुद्ध वीरगन्ज जमहानगरपालिकाले चालेको कदममा हातेमालो गर्न २५ लाख रुपियाँको चेक महानगरपालिका प्रमुख विजयकुमार सरावगीलाई हस्तान्तरण गरिएको बताए।

गत जेठ ६ गते वीरगन्जको नगरसभागृहमा पर्साका प्रमुख राजनीतिक दलका नेतृत्व, १४ वटा पालिकाका प्रमुख र प्रदेश सभा सदस्यहरूको उपस्थितीमा भएको बैठकले पर्साका सबै पालिकाबाट ५ करोड र उद्योग वाणिज्य संघ लगाएत उद्योगी व्यवसायीबाट ५ करोड गरी जम्मा १० करोडको प्रकोप कोष स्थापना गर्ने निर्णय भएको थियो। सोही निर्णय अनुसार नै गाउँपालिकाले २५ लाख उपलब्ध गराएको अध्यक्ष चौधरीले बताए।

वीरगन्ज महानगरपालिकाले पिसिआर मेशिन, भिटिएम, रिएजेन्ट किट, प्रिआइसोलेशन र कोविड अस्पताल संचालनका लागि पर्सामा भएका सम्पूर्ण पालिका र विभिन्न संघ संस्थासँग सहयोगको अपिल गरेको थियो।

यस्तै आजै महाविर मन्दीर समितिकातर्फबाट एक लाख, एघार हजार, ग्लोवल आइएमई बैंक वीरगंज शाखाकातर्फबाट एक लाख, पिसि मिडिया नेटर्वक रेडियो सान्भीकातर्फबाट २५ हजार नगद, राजेश पाण्डेयबाट ५ हजार एक सय, राजेश्वर पाण्डेबाट ४ हजार पाँच हजार र अनिल वरनवालबाट ५ हजार, दुई सय, पचास रुपैयाँ प्रकोप कोषमा जम्मा गर्ने गरी नगर प्रमुख विजय कुमार सरावगीलाई हस्तान्तरण गरिएको छ। उक्त कोषमा एक करोड, करोड ५६ लाख, ७५ हजार जम्मा भैसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय