पुन: जनरल अस्पतालमा फर्कियो नारायणी अस्पताल

वीरगन्जमा रहेको नारायणी अस्पताल पुनः जनरल अस्पतालमा फर्किएको छ। नारायणी अस्पतालले मंगलबारबाट ओपिडी सेवा सुरु गरेसँगै जनरल अस्पतालमा फर्किएको हो।

अस्पतालले ओपिडी सेवा सुरु गरेपछि मंगलबार बिहानैदेखि सर्वसाधरण उपचारका लागि अस्पताल पुगेका छन्। सामाजिक दूरी कायम गर्दै सर्वसाधरण उपचारका लागि अस्पतालमा पुगेका थिए।

कोरोना जोखिमका कारण सुरुआति दिनमा सतर्कता अपनाउँदै प्रत्येक दिन एउटा विभागमा २५र २५ जनाको मात्रै उपचार गर्ने नीति लिएको नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा। मदन उपाध्यायले जानकारी दिए। कोभिड विशेष अस्पतालबाट जनरलमा परिणत हुने नारायणी मुलुक कै पहिलो अस्पताल हो।

नारायणी मातहत नै रहनेगरी वीरगञ्ज महानगरपालिकासँगको सहकार्यमा गण्डक कोभिड विशेष अस्पताल सञ्चालनमा आएको छ। गण्डकमा २ जना महिला सहित २० जना कोरोना संक्रमित उपचाररत छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय