बुद्धशान्तिका एकजनामा कोरोना संक्रमण

झापामा मंगलबार एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बुद्धआदर्श माविको क्वारेन्टाइनमा रहेका एक सय जनामध्ये ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जसमध्ये एक जना बुद्धशान्ती गाउँपालिकाका ( ४ का ३० वर्षीय पुरुष हुन्। चार जना अन्य जिल्लाका भएको जनाइएको छ। संक्रमित मध्ये ताप्लेजुङका ३ जना ४०, १८, १८ र पाँचथरका २० वर्षीय पुरुष भएको जनाइएको छ।

बुद्धशान्ति गाउँपालिकाका स्वास्थ शाखा प्रमुख भोलाप्रसाद अधिकारीले दिएको जानकारी अनुसार सो क्वारेन्टाइनमा झापाका विभिन्न नाकाबाट नेपाल प्रबेश गर्नेहरूलाई राखिएको छ। त्यहाँ बुद्धशान्ति गाउँपालिका क्षेत्र र मेचीका पहाडी जिल्लाका मानिस राखिएको छ।

क्वारेन्टाइनमा रहेका एक सय जनाको पिसिआर नमुना परीक्षणका लागी पठाइएको थियो। जसमा ७९ जनाको रिपोर्ट नेगेटिभ आएको थियो।

बुद्धशान्ति गाउँपालिका संक्रमित जेठ १३ गते भारतको लखनउबाट आएका व्यक्ति हुन्। उनीसँगै आएका अन्य ७ जनाको रिपोर्ट नेगेटिभ आएको छ।

अन्य जिल्लाका ४ जना भने सुनौली नाका हुँदै नेपाल प्रबेश थिए। संक्रमित पाँचै जनालाई आइसोलेसनमा राख्न धरान लैजाने तयारी भैरहेको छ।

मंगलबार पुष्टि भएकासँगै झापामा ११९ जना संक्रमित भएका छन्। त्यसमा चार जना बाहिरी जिल्लाका हुन्। जसमध्ये कचनकवलका १७, दमक र बाह्रदशीका एकर एक जना निको भएर घर फर्किएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय