कपिलवस्तुमा कोरोना अस्पतालको माग गर्दै प्रदर्शन

हेल्थपोस्ट/बुटवल
प्रकाशित
२०७७ जेठ २० गते १९:१४

कपिलवस्तु अस्पताललाई कोरोना अस्पताल बनाउन दबाव दिने उद्देश्यले तौलिहवामा प्रदर्शन गरिएको हो।

स्वास्थ्य मन्त्रालयले कपिलवस्तु अस्पताललाई कोरोना अस्पताल बनाउन खोजे पनि अस्पताल प्रशासनले वेवास्था गरेको भन्दै नागरिक समाजले प्ले कार्ड र पोष्टर देखाएर अस्पताल अगाडी प्रदर्शन गरेका हुन्।

कपिलवस्तुमा देशभरमै सबै भन्दा बढि व्यक्ति कोरोना भाईरसको संक्रमित देखिए पनि कोरोना अस्पताल नभएको भन्दै तौलिहवाका नागरिक समाजले शान्तिपुर्ण रुपमा प्रदर्शन गरेका हुन्। स्वतहफुर्त रुपमा प्रदर्शन गरेका स्थानियले तौलिहवा स्थित कपिलवस्तु अस्पताललाई कोरोना अस्पतालको रुपमा बिकास गर्नु पर्ने माग राख्दै शान्तिपुर्ण धर्ना गरे।

मंगलबारसम्म कपिलवस्तुमा ३ सय ६६ जनामा कोरोनाको संक्रमण देखिएको छ। जिल्लामा कोरोना संक्रमित भेटिए पनि जटिलता देखिएको अवस्थामा बुटवल र दाङ्ग स्थित कोरोना अस्पतालमा उपचारका लागी जानु पर्ने बाध्यता छ। अझै पनि जिल्लाका बिभिन्न क्वारेन्टिनमा रहेका १ हजार बढिको पिसिआर परिक्षणको प्रतिबेदन आउन बाकि रहेकाले ठुलो संख्यामा संक्रमित थपिने अनुमान छ।

स्थानिय प्रशासनले कपिलवस्तुमा १ हजार जनामा संक्रमण देखिने सक्ने अनुमानका आधारमा पुर्व तयारी थाले पनि जिल्लामा हालसम्म कोरोना संक्रमितको उपचारका लागी अस्पतालको अभाव छ। अहिले पनि जिल्लाका ३० संक्रमित जिल्ला बाहिरका अस्पताल र आईशोलेशनमा उपचार गराइरहेका छन।

कोरोना संकमित बढदै गर्दा संक्रमितको उपचारका लागी जिल्लामा कुनै पुर्वाधार नभएकाले कपिलवस्तु अस्पताललाई कोरोना अस्पताल बनाउनु पर्ने माग सहित दबाव कार्यक्रम गरिएको कपिलवस्तु नगरपालिका १ का समाजसेवी सुनिल कुमार कौशलले बताए। कोरोना संक्रमितको उपचार गर्नका लागी कपिलवस्तु अस्पतालमा पुर्वाधार तयार पारी कोरोना संक्रमण पछि जिल्लाबासीका लागी ति पुर्वाधार प्रयोग गर्न सक्ने अवस्था रहने निर्माण व्यवसायी संघ प्रदेश ५ का उपमहासचिव दिनेश हमालले बताए।

कपिलवस्तु अस्पताललाई कोरोना अस्पताल बनाउन आवश्यक रहेको र सोका लागी अस्पताल भित्रैका छुट्टै रहेका पुर्वाधार समेत प्रयोग गर्न सकिने अवस्था रहेको मानव अधिकारकर्मी रवि ठाकुरको सुझाव थियो। कपिलवस्तु अस्पतालको स्तरोन्नती, भेन्डिलेटर सेवा र बिषेशज्ञ चिकित्सकको उपलब्धताका लागी समेत अस्पताललाई कोरोना अस्पताल बनाउन आवश्यक रहेको अधिकारकर्मी ठाकुर बताउछन। तौलिहवा स्थित कपिलवस्तु अस्पताललाई ५० शैयाको कोरोना बिषेश अस्पताल बनाउन जनशक्ति र सामाग्री व्यवस्थापनका लागी पहल भए पनि अस्पताल प्रशासनले चासो नदेखाए पछि बाध्य भएर दबावमुलक कार्यक्रम गर्नु परेको कपिलवस्तु नगर चेम्बर अफ कमर्सका अध्यक्ष गोपीकृष्ण शर्माले जानकारी दिए।

जनरल वार्डहरूलाई समस्या नपर्ने गरि अस्पताल भित्रै कोरोना बिषेश अस्पताल बनाउन सकिने शर्माको दावी छ। यस अघि जिल्लाका अगुवा नेताहरूले कपिलवस्तुमा कोरोना अस्पताल बनाउनु पर्ने बिषयमा स्वास्थय मन्त्रालयमै पुगी ध्यानाकर्षण गराएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय