पाल्पामा आइसोलेसनमा उपचाररत बिरामीको मृत्यु

पाल्पामा आइसोलेसनमा उपचार गराइरहेका एक पुरुषको ज्यान गएको छ। तानसेनमा रहेको युनाईटेड मिसन अस्पतालमा उपचार भैरहेका पूर्वखोला गाउँपालिका १ सिलुवाका ४६ वर्षीय एक पुरुषको ज्यान गएको हो।

क्वारेन्टाइनमा रहेका उनमा स्वास्थ्य समस्या देखिएपछि गाउँपालिकाले सोमबार मिसन अस्पतालको आइसोलेशनमा उपचारका लागि पठाएको थियो। उपचारको क्रममा मंगलबार ज्यान गएको यूनाईटेड मिशन अस्पताल, तानसेनले जनाएको छ। गाउँपालिकाका सूचना अधिकारी तथा स्वास्थ्य संयोजक मोहन ढकालले उनको मृत्युको कारण भने नखुलेको बताए।

मृतकको स्वाव परिक्षणको रिपोर्ट जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पठाएको र रिपोर्ट नआएकाले कोरोना संक्रमण हो वा होईन भन्ने यकिन नभएको उनको भनाई छ। उनमा कोरोनासंग मिल्ने लक्षण भने देखिएको थियो। उनिमा ज्वरो, खोकी, दम र पेट फुलेको अवस्थाका रहेको स्वास्थ्य संयोजक ढकाले बताए। उनको स्वाब मिसन अस्पतालबाट सोमबार लिइएको छ।

बम्बइबाट आउका उनलाई आईतबार नेपाल भारत सीमा सुनौलीबाट उद्दार गरी राती १० बजे गाउँपालिका ल्याएपछि जल्पाको शम्भु माबिमा रहेको क्वारीनटाइनमा राखिएको थियो। उनमा समस्या देखिएपछि सोमबार बिहान तानसेनको यूनाटेड मिसन अस्पतालमा पठाइएको पालिकाका सूचना अधिकारी मोहन ढकालले जानकारी दिए।

पाल्पामा ५ जना पुरुषमा कोरोना सक्रमणको पुष्टि भएको छ। रैनादेवी छहरा गाउँपालिकामा २ जना, निस्दी गाउँपालिकामा २ जना र माथागढी गाउँपालिकामा १ जना लाई कोरोना सक्रमण देखिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय