दाङमा एक वडा अध्यक्षसहित आठजनामा कोरोना संक्रमण

दाङमा एक जना वडा अध्यक्षसहितसहित ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार गरिएको कोरोना परिक्षणका क्रममा बंगलाचुली गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्षलाई कोरोना संक्रमण देखिएको हो।

भारतबाट आएकाहरूको उद्धार र व्यवस्थापनमा खटिएका ५४ वर्षीय वडा अध्यक्षलाई कोरोना देखिएपछि बंगलाचुलिका अन्य जनप्रतिनिधि र कर्मचारीको पिसिआर परीक्षण गर्ने तयारी भएको गाउँपालिकाले जनाएको छ। उनी होम क्वारेन्टाइनमा बस्दै आएका थिए।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलवार गरिएको कोरोना परिक्षणका क्रममा दाङका ८ जना र प्युठानका एकसहित नौ जनाका कोरोना भाइरसको संक्रमण देखिएको थियो। जसमा बंगलाचुली गाउँपालिका ७ जना र राप्ती गाउँपालिकामा दुई जना रहेका थिए।

जस मध्य बंगलाचुली गाउँपालिका–७ निवासी २९ बर्षीय पुरुष र बंगलाचुली–५ का १९, २७, ३१, ३२ र ५४ बर्षीय पुरुषमा कोरोनाको संक्रमण देखिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त कायम मुकायम रजिष्टार कैलाश देवले जानकारी दिएका छन। उनीहरु सरस्वती माध्यामिक विद्यालय जवरकोट र सुधा माध्यामिक विद्यालय झेल्नेटाको क्वारेन्टाइनमा बस्दै आएका थिए।

त्यसै गरी देउखुरीको राप्ती गाउँपालिका–१ निवासी १८ बर्षीय पुरुष र ९ नम्वर वडाका ५५ बर्षीय पुरुषमा पनि कोरोनाको संक्रमण देखिएको प्रतिष्ठानले जनाएको छ। उनीहरू नवप्रतिभा आधारभुत विद्यालय र आदर्श माधयामिक विद्यालयको क्वारेन्टाइनमा बस्दै आएका छन। त्यसै गरी प्यठानको स्वर्गद्धारीनगरपालिका–४ निवासी ५९ बर्षीय एक पुरुषमा पनि कोरोनाको संक्रमण देखिएको प्रतिष्ठानले जनाएको छ। योसँगै दाङका ५१ जनामा कोरोना संक्रमण देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय