थप तीन नर्स र एक चिकित्सकमा कोरोना, संक्रमित स्वास्थ्यकर्मी १९ पुगे

नेपालमा कोरोना भाइरसबाट एक चिकित्सकसहित थप तीन नर्स संक्रमित बनेका छन् । मंगलबार  उपत्यकाभित्रकै २ संस्थामा चार संक्रमित थपिपएका हुन् ।

संक्रमित मध्ये एक चिकित्सक र तीन नर्स छन् ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बासुदेव पाण्डेले सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत एक जना चिकित्सक, दुई जना स्टाफ नर्स कोरोना संक्रमण देखिएको जानकारी दिए ।

दोलखाबाट आएका स्टोकका बिरामीको सुरुमा केएमसीमा परीक्षण तथा शल्यक्रिया भएको थियो ।

इर्मजेन्सीका जाँच पड्तालपछि आइसियुमा सारिएका ती विरामीको कोरोना पोजेटिभ देखिएको थियो ।

आरडिटी पोजेटिभ आएपनि बिरामीको जटिल अवस्था हेरेर चिकित्सकहरुले जोखिम मोलेरै तत्काल न्युरोको शल्यक्रिया गरेका थिए ।

शल्यक्रियाको केही दिनपछि मात्रै उनको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको थियो ।

त्यसैगरी, स्वयम्भु त मनमोहन मेमोरियल मेडिकल कलेज तथा टिचिङ अस्पतालकी एक स्टाफ नर्समा पनि संक्रमण पुष्टि भएको छ । डा.पाण्डेका अनुसार संक्रमण सबैको कन्ट्याक्ट ट्रेसिङ शुरु गर्न थालिएको छ ।

काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत चिकित्सकमा एक हप्ता अघि मष्तिकघातका (स्ट्रोक) भएका कोरोना पोजेटिभ बिरामीबाट संक्रमण सरेको हुनसक्ने अनुमान लगाइएको छ । संक्रमित चिकित्सक बिरामीको उपचारमा समलग्न तथा आकस्मिक कक्षमा कार्यरत रहेका थिए । उनी रेजिडेन्ट डाक्टर हुन ।

यसभन्दा अगाडी देशभर विभिन्न अस्पतालमा कार्यरत १५ जना स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भइसकेको छ । यो सँगै कोरोना संक्रमित स्वास्थ्यकर्मीको संख्या १९ पुगेको छ ।

कोरोना कहरमा स्वास्थ्य जनशक्ति, नर्स र स्वास्थ्यकर्मी मात्रै १३ संक्रमित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय