सुदूरपश्चिममा थपिए २७ संक्रमित

सुदूरपश्चिममा आज एकै दिन थप २७ जनामा संक्रमण देखापरेको छ। सोमबार सुदूरपश्चिममा १८ जनामा कोरोना संक्रमण देखिएको थियो।

मंगलबार देखापरेका नयाँ संक्रमितमा कैलालीका १०, कञ्चनपुरका ८ र अछामका ९ जना रहेका छन्। सेती प्रादेशिक अस्पतालले दिएको जनाकारी अनुसार धनगढी कोरोना परीक्षण प्रयोगशालामा १८ र सुर्खेतको प्रयोगशालामा ९ जना गरी २७ जनामा कोरोना पुष्टि भएको हो। आज देखिएका संक्रमित संगै सुदूरपश्चिममा कुल संक्रमितको सङख्या ७३ पुगेको छ।

सेती प्रादेशिक अस्पताल धनगढीका अनुसार धनगढी प्रयोगशालामा कोरोना पोजेटिभ देखिएका मध्य कैलालीका १० र कञ्चनपुरका ८ जना रहेका छन्। सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अकिारी दिलिप श्रेष्ठले दिएको जानकारी अुनसार कैलालीको टीकापुर नगरपालिका स्थित कर्णाली माविको क्वारेन्टिमा बस्दै आएका २०, ३५ र ६३ बर्षे पुरुष र १८ बर्षिया युवतीमा कोरोना पुष्टि भएको छ।

यसै गरी धनगढी उप–महानगरपालिका–३ स्थित त्रिभुवन माविको क्वारेन्टिमा रहेका ३२ बर्षे पुरुष, गौरीगंगा नगरपालिका स्थित कालिका माविको क्वारेन्टिमा रहेका १९, २०, २४, २८ र ३२ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।

कञ्चनपुरका संक्रमित मध्य पुनरवास नगरपालिकाका ३३, ३५, ३६ र ५२ बर्षे पुरुष, लालझाडी गाउँपालिकाका ३३ बर्षे पुरुष, कञ्चनपुरको आईविआईडीमा रहेको क्वारेन्टिनमा रहेका २८ र ३० बर्षीय पुरुष तथा महाकाली अस्पतालमा रहेका ५० बर्षे पुरुष रहेका छन्।

यसै गरी सुर्खेतमा गरीएको परीक्षणमा सोमबार नै अछामको मेल्लेख गाउँपालिकाका दुई महिला सहित ८ जना र मंगलसैन नगरपालिकाका एक जना गरी नौँ जनामा कोरोना पुष्टि भएको जनाइएको छ।

सुदूरपश्चिमका ७३ संक्रमित मध्ये ७१ जना प्रदेशभित्रै रहेका छन् भने एक जना बझाङ र एक जना बाजुराका संक्रमितक कर्णाली प्रदेशमा उपचार भईरहेको छ। सुदूरपश्चिम प्रदेशमा १ जनाको कोरोना संक्रमण बाट मृत्यू भएको छ भने ६ जना संक्रमित उपचार पछि निको भएर घर फर्केका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय